काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ। कपुरबोट मिडियाले श्रेष्ठ र प्रसाईंबीच भएको डिलको अडियो सार्वजनिक गरेको छ। अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्। अडिओ सार्वजनिक भएपछि रास्पपाले पनि यस विषयमा छानबिन गर्ने भएको छ। सेतोपाटीसँग […]
काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ। मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन्। शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ। हिजो […]
काठमाडौ महानगरपालिकाका मेयर बालेन शाह र सविना काफ्ले बुवाआमा बन्न लागेसंगै शाहको जीवनमा अर्को खुसीयाली थपिदैछ। निकट स्रोतका अनुसार भिडियो एक्सरेमा सविनाको पेटमा जुम्ल्याहा बच्चा देखिएका छन् । बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो। विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलोचोटि बुवा–आमा बन्न लागेका हुन् । नेपालको […]
काठमाडौँ । आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । यद्यपि, हेलिकप्टरमा सवार पाइलट भने जीवितै फेला परेका छन् । इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो । हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला […]
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन्। विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर शाह बताउँछन्। ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक–पटक आइरहेको छ,’ मेयर शाहले आज फेसबुकमा लेख्दै […]
जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले उपनिर्वाचन लगत्तै प्रदेश सरकारहरु पुनर्गठन हुने बताएका छन् । जनपुरधाममा प्रेस युनियन धनुषा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा खांणले वैशाख १० को उपनिर्वाचन सकेर प्रदेश सरकार पुनर्गठन गर्ने बताएका हुन् । उनले गठबन्धनमा आबद्ध दलहरुबीच प्रदेश सरकारहरुमा आलोपालो मुख्यमन्त्री लिने सैद्धान्ति सहमति भएको पनि बताए ।’सबै […]
धनगढी प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ। एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टको अत्तरियास्थित निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री प्रचण्ड,भट्ट र उनकी श्रीमतीबीच भेटवार्ता भएको हो। उनीहरूबीच समसामयिक राजनीतिक तथा पारिवारिक विषयमा छलफल भएको थियो। छलफलपछि प्रधानमन्त्री प्रचण्डले भने,’लेखराजजीको घर मेरै घर हो। उहाँले मलाई एउटा […]
काठमाडौं । नेकपा (माअोवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माअोवादी केन्द्र छोडेका एमाले नेता लेखराज भट्टको घरमा पुगेर खाना आएका छन् । पूर्वमाओवादीलाई एक बनाउने अभियानमा रहेका अध्यक्ष प्रचण्डले भट्टको निवास धनगढी पुगेर सँगै खाना खाएका हुन् । भेटपछि अध्यक्ष प्रचण्डले भट्टको घर आफ्नो पनि भएको बताए । “यो घर मेरो पनि […]
धनगढी प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ धनगढी पुगेका छन्। महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड केही समयअघि धनगढी आइपुगेका हुन्। आइतबार बिहान बुद्ध एयरको उडानबाट धनगढी आइपुगेका प्रधानमन्त्री प्रचण्ड अब केहीबेरमा महेन्द्रनगर प्रस्थान गर्नेछन्। सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा १७९ विद्यार्थी दीक्षित हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले जानकारी दिएका छन्। […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन कञ्चनपुर गएका छन् । उनी बुद्ध एयरको नियमित उडानमार्फत् आज बिहान धनगढी हुँदै कञ्चनपुर प्रस्थान गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले केही राजनीतिक भेटघाट र पार्टी निकट नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ । प्रधानमन्त्री […]
काठमाडौं । मिटरब्याज पीडितहरुले १९ सदस्यीय वार्ता टोली गठन गरेका छन् । २० चैतदेखि काठमाडौंमा आन्दोलनरत पीडितहरुले गृह मन्त्रालयको टोलीसँग वार्ता गर्न टोली गठन गरेका हुन् । गृह मन्त्रालयले गत शुक्रबार सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोलीमा सहसचिव कोइराला, मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव […]
जनकपुरधाम । सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु भएको छ । बोदेबर्साइन नगरपालिका-६ खामगडाका ५५ वषर्ीय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साइन नगरपालिका-७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा ससुरा छठु गम्भीर घाइते भएका […]