सुदूरपश्चिम । धनगढी-डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। सुपप्र ०१००१ ज १४२३ नम्बरको जीप दुर्घटनामा घाइते भएका चुरे गाउँपालिका-६ का १८ वर्षीय भानु ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए। उपचारका लागि धनगढी […]
जनकपुरधाम । युथ एसोसिएसन अफ नेपाल – यानले ओमप्रकाश महतो (दिलिप) लाई प्रथम पर्यावरण सहिद घोषणा गर्न सुरु गरेका अभियान अन्तर्गत आज नेपाली कांग्रेसका सांसद तथा पुर्व कृषि मन्त्री रामकृष्ण यादवलाई ध्यानाकर्षण पत्र बुझाएका छन। अध्यक्ष राहुलराज यादवको नेतृत्वमा यानले सांसद यादवलाई ध्यानाकर्षण पत्र बुझाएका छन। पत्रमा यादवलाई सक्रिय भुमिकाका साथ सहिद घोषणा गर्न आवश्यक पहल […]
सुनसरी । इटहरी उपमहानगरपालिकाको बाह्रौँ नगरसभामा विवादित कर्मचारी आचारसंहिता सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ अन्ततः सर्वसम्मतिबाट पारित भएको छ । तिन साता अघि उक्त विधेयकमा एमाले पक्षका जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएपछि नगरसभा स्थगित भएको थियो । सोमवार पुनः बोलाइएको नगरसभामा उक्त विधेयक जस्ताको त्यस्तै पारित भएको हो । मेयर हेमकर्ण पौडेलका अनुसार असन्तुष्टि जनाएको कुनै […]
महोत्तरी : महोत्तरीको सोनमा गाउँपालिका–३ का वडाध्यक्षका छोरा चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन्। वडाध्यक्ष रामप्रमोद सहनीका १९ वर्षीय टोरा सुजितकुमार पक्राउ परेको प्रहरीले जनाएको हो। उनलाई गौशाला नगरपालिका–२ निगौल चोकबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिए। सहनीले ज ७ प १२१४ नम्बरको रातो रंगको अपाचे मोटरसाइकल डोर्याउँदै लगिरहेको अवस्थामा निगौल […]
विराटनगर । कोशी प्रदेशका अधिकांश मन्त्रीहरूको विभिन्न कम्पनीमा शेयर तथा लगानी देखिएको छ । कोशी प्रदेशका ६ मध्ये ४ जनाको काठमाडौँ उपत्यकामा घर र जग्गा रहेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा मुख्यमन्त्री हिकमत कार्की, सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, स्वास्थ्य मन्त्री निर्मला सुब्बा र पर्यटन बन तथा वातावरण मन्त्री जीवन आचार्यको […]
राजविराज | सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित बरही विरपुर टोलका राजदेव रायको चार पुस्ता जमिनदारको खेतमा हलो जोतेर जीविकोपार्जन गर्दै आएको छ । सरकारले गत साउन २ मा हरूवाचरवा प्रथा अन्त्यको घोषणा गर्दा ५५ वर्षीय राय खुसी थिए । तर, पछिल्लो ९ महिनासम्ममा सरकारले पुनःस्थापनातर्फ ध्यान नदिएको भन्दै हरवाचरवा अहिले संघर्षमा उत्रिएका छन् । आन्दोलनको घोषित कार्यक्रम अनुसार शनिबार हरवाचरवा अधिकार […]
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा आयुर्वेद अस्पातलको लागि जिल्ला प्रशासन कार्यालयको स्वामित्वमा रहेको जग्गा सहित पहल गरि दिन भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । स्थानीयहरुले नगरमा आयुर्वेद अस्पताल निर्माण गर्न माग गर्दै जिल्ला प्रशासान कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो । इनरुवा नगरपालिकामा पहिलो चरणमा आयुर्वेद अस्पताल […]
इनरुवा । सुनसरीस्थित बर्जु गाउँपालिकाका इञ्जिनियर अजय मेहतालाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पक्राउ गरेको छ । मेहतालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार घुससहित विराटनगरबाट पक्राउ गरेको हो । घरनक्सा पासको लागि सेवाग्राहीबाट घुस लिएको आरोपमा मेहतालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय […]
मोरङ । विराटनगर महानगरपालिकाले सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने भएको छ। सोमबार पत्रकार कल्याण कोष मोरङद्वारा आयोजित पत्रकारिता पुरस्कार प्रदान कार्यक्रममा मेयर कोइरालाले नयाँ वर्ष २०८० को सुरुवातसँगै विराटनगरका सार्वजनिकस्थलमा खैनी, गुट्खा, चुरोटलगायतका सूर्तीजन्य पदार्थको सेवनमा कडाइ गर्ने बताएका हुन्। ‘वैशाख १ गतेबाट महानगरले सार्वजनिक स्थानमा पान, गुट्खा, खैनी, चुरोटको सेवनलाई बन्द गर्न लागेको […]
सुर्खेत- कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई आज सत्ता साझेदार दलका तीन जना मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएसँगै एमाले सरकारबाट बाहिएएको हो । राजीनामा बुझाउनेमा आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल रहनु भएको छ । केन्द्रमा […]
सिरहा। सिरहाको मिर्चैया बजारका सुकुम्बासी तथा व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् । बजारमा झण्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारीहरुको घर नगरपालिकाले भत्काइदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाले आफूहरुमाथि ज्यादती गरेको भन्दै उनीहरुले मिर्चैयामा र्याली प्रदर्शन गरे । नगरपालिका जनताका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उल्टो जनतामाथि शासन […]
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आइतबार एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन लागेको हो । सोमबार नै समर्थन फिर्ता लिने तयारी गरिएको एमालेका एक सांसदले रातोपाटीलाई जानकारी दिए । १० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार […]