May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

रमजान मनाउन मजदुरी गरेको ज्याला माग्दा ठेकेदारले बाँधेर गरे अमानवीय व्यवहार

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १२:0८
रमजान मनाउन मजदुरी गरेको ज्याला माग्दा ठेकेदारले बाँधेर गरे अमानवीय व्यवहार

जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका- ६ का एक ठेकेदारले मजदुरलाई बाँधेर निर्घात कुटपिट गरी कालोमोसो दलेर अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

रमजान मनाउन मजदुरी गरेको पैसा मागेपछि ठेकेदार कृष्ण मिश्रले मजदुर मोबारक नदाफलाई अमानवीय व्यवहार गरेका हुन् । काम गरेको पैसा दिन्छु भनेर बोलाएर मजदुर नदाफलाई
बांधेर निर्घात कुटपिट गरे र पछि बासमा बाँधेर कालोमोसो दलेका थिए ।बांधेर राखेको थाहा पाएपछि पुगेको प्रहरीले नदाफलाई उद्धार गरेका थिए ।
काम गरेको पैसा मागेपछि चोरीको आरोप लगाएर चैत्र २३ गते नदाफमाथि ठेकेदार मिश्रले अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।

उनका अनुसार घटनाको विहानपल्टै अमानवीय व्यवहार गरेका ठेकेदार मिश्र पक्राउ परिसकेका छन् । उनीमाथि अमानवीय व्यवहार गरेको कसुरमा मुद्दा चलाइसकेको उनले बताए ।

ठेकेदारले नदाफलाई औजार लिएर आउन भनेका थिए । नदाफ पुगेपछि आफ्नो औजार चोरेको भन्दै ठेकेदार मिश्र कुटपिट गरे र पछि कालोमोसो दलेर बाँधेर बन्धक बनाएका थिए ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।