काठमाडौँ । नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ। प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ। निर्देशक कँडेलले केही घटनाक्रम आफैँसँग मिल्दो रहेको जानकारी दिए। ‘मेरो जीवनको केही भोगाई चलचित्रमा एउटा पात्रमार्फत प्रस्तुत गरिएको छ । यो हाम्रै समाजसँग जोडिएको कथा हो’, […]
काठमाडौँ । ‘गुडाउने ट्र्याक्टरले उडाउने हेलिकोप्टरले…!’ आर्टमान्डूले नयाँ म्युजिकल फिल्म ‘माया जाने हो त ट्र्याक्टरमा’ सार्वजनिक गरेको छ। ट्रयाक्टर ड्राइभरको जीवनशैली र नेपालको ग्रामीण परिवेशलाई प्रतिबिम्बित गर्ने गरी उक्त गीत सार्वजनिक गरिएको हो। एक नारायण भण्डारीको शब्द रहेको गीतमा आशिष अविरलको स्वर तथा संगीत सुन्न सकिन्छ। गीतको भिडियोमा सम्राट थापा, अन्जना बराइली र प्रकाश नेपालीको […]
विराटनगर । भगवान रामको जन्म दिवस रामनवमीको पावन अवसरमा भगवान राम सँग सम्बन्धित भक्ती मैथिली गीत सार्वजनिक भएको छ । रेडियो नागरिकको फुलडाली कार्यक्रमको प्रस्तोता प्रेमनारायण झाले रचना गरिएको आजुक दिन शुभ मंगल हे रघुनन्दन आयल’ बोलको मैथिली गीत रिलिज गरेको छ । रेम गाना क्रिएशनको आधिकारीक युट्यूब च्यानलमा यो गीत सार्वजनिक गरेको हो । विराटनगरमा […]
काठमाडौं ऐतिहासिक महत्व बोकेको काठमाडौंको बाइस धारामा आज मेला लागेको छ। बिहानैदेखि भक्तालुको घुइँचो लागेको छ। चैत्र शुक्ल पूर्णिमाका दिन यहाँ हरेक वर्ष मेला लाग्ने गरेको हो। यस दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रुपमा मनाउने गरेको उल्लेख छ। बाइस धारामा स्नान गरे मुक्तिनाथ र गोसाईगुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास छ। स्नानका लागि बालबालिकादेखि […]
काठमाडौं चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आगामी वैशाख १ गतेदेखि लागु हुनेगरी छायांकनमा सिफ्ट सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ । फिल्म प्राविधिकको छाता संस्थाले उक्त मितिदेखि १२ घण्टाको सिफ्ट सिस्टम तोक्दै प्राविधिकलाई काम गर्न अनुमति दिने निर्णय गरेको हो । अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा पनि यस्तो व्यवस्था […]
काठमाडौं हिमालय रोडिजको पाँचौं सिजनका चारैजना जज फाइनल भएका छन् । जजको रुपमा दीया मास्केले निरन्तरता पाउने भएकी छन् । दर्शकले अब दीयासहित प्रियंका कार्की, आशिष राना लाउरे र अनुपविक्रम शाहीलाई जजको रुपमा हेर्न पाउनेछन् । मोटरसाइकल राइडदेखि एड्भेन्चर खालका टास्कलाई लिएर हुने यो प्रतिस्पर्धा पहिलो सिजनदेखि नै दर्शकमाझ लोकप्रिय छ । निर्देशक सिमोस सुनुवारले […]
काठमाडौं । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा ओस्कार अवार्ड आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजको सदस्यमा मनोनीत भएकी छन् । उनी ओस्कारको अभिनेता ब्रान्चतर्फको कार्यकारी कमिटीको हिस्सा बनेकी हुन् । ‘एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेज’को सदस्यता बोर्ड अफ गभर्नरको निमन्त्रणाको आधारमा मात्र उपलब्ध हुने गर्छ । ओस्कारमा मनोनयन भए पनि […]
काठमाडौं । मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध झैझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे । त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् । दुवै […]
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को आगामी पाँचौं सिजनका चार जजमध्ये तीनजना फाइनल भएका छन् । दर्शकले प्रियंका कार्की, आशिष राना लाउरे र अनुपविक्रम शाहीलाई जजको रुपमा हेर्न पाउनेछन् । बाँकी एक जजको टुंगो केही दिनमै लाग्ने निर्देशक सिमोस सुनुवारले जानकारी दिए । व्यस्तताको कारण अभिनेत्री दीया मास्के जजको रुपमा हुने सम्भावना कम रहेको […]
एजेन्सी।बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकीले आफ्ना भाइ र पूर्व श्रीमतीविरुद्ध अदालतमा मानहानिको मुद्दा दर्ता गरेका छन् । अदालतमा दायर याचिकामा नवाजले आफूमाथि लगाइएको सबै आरोप फिर्ता लिनुपर्ने र उनीसँग लिखित माफीसमेत माग्नु पर्ने दाबी गरेका छन् । यतिमात्रै होइन नवाजले भाइ शम्सुद्दीन र आलियाबाट सय करोड भारु क्षतिपूर्तिको पनि मा गरेका छन् । नवाजुद्दिनको मानहानि केसमा […]
काठमाडौंँ । पुरानो गीत ‘झरनाको चिसो पानी’ रिमेक भर्सनमा आएको छ । सुरेश अधिकारीको स्वरमा रहेको यो गीत सगरमाथा डिजिटल प्रा.लिले रिमेक गरेर नयाँ भर्सनमा ल्याएको हो । नयाँ भर्सनमा गायक राजु लामा र गायिका मेलिना राईले स्वर दिएका छन् । गीतको सङ्गीत संयोजन योगेस काजी शाहले गरेका छन् । सुरेश अधिकारीको शब्द र निरज […]
काठमाडौँ । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली चयन भएका छन् । समाजको शनिबार सम्पन्न १५ औँ महाधिवेशनमा उनी निर्विरोध अध्यक्षमा चयन भएका हुन् । महाधिवेशनबाट समाजको उपाध्यक्षमा सुभाष गजुरेल, दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सह कोषाध्यक्ष राज बस्न्यात छानिएका छन् । त्यस्तै सदस्यहरूमा दीपक वली, सौरभ […]