विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै बालबालिकाले धनुषा भाँचेर धनुष यज्ञ मनाउने चलन आज धनुषा यज्ञ सकिएपछि चौथो दिन शुक्रबार तिल्कोत्सव हुने जनकपुरधाम ।। जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिव धनुष भाँचेपछि मिथिलाका राजा […]
झापामा जंगली हात्ती मृत फेला परेको छ। बाह्रदशी गाउँपालिका–१ खयरबारी क्षेत्रमा हात्ती मृत फेला परेको जिल्ला वन कार्यालय झापाले जनाएको छ। स्थानीयको सखरखण्ड खाएर क्षति पुर्याएका कारण स्थानीयले थालेको विद्युतीय पासोमा हात्ती परेको अनुमान प्रहरीको छ। प्रहरी र डिभिजन वन कार्यालयको टोली हात्तीको मुचुल्काका लागि घटनास्थल पुगेको छ। यो वर्ष झापामा तीन वटा हात्तीको मृत्यु […]
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताएका छन् । सङ्घीय संसद् सेवा दिवस, २०८० का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै सभामुख घिमिरेले संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु सङ्घीय संसद् सचिवालयको कार्य भएको उल्लेख गरे । संसद् सेवाको विशिष्ट कार्य […]
एनसेलप्रति सरकारले कडा निर्णयको तयारी सेयर खरिद–बिक्रीको अनुमति नदिने निस्कर्षमा सरकार खरिद–बिक्री गर्दा नेपाल दूरसञ्चार प्राधिकरणबाट पूर्वसहमति लिनुपर्ने काठमाडौं ।। एनसेलको सेयर खरिद–बिक्री प्रक्रिया विवादमा तानिएपछि सरकारले कडा निर्णयको तयारी गरेको जनाएको छ । तत्काल र दीर्घकालीन समस्या समाधानका लागि के–के गर्न सकिन्छ भनी सरकार आफैँले पनि अध्ययन जारी राखेको जनाएको छ । यसका लागि […]
सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइने सुर्तीजन्य पदार्थ पाइएमा दुईपटकसम्म जफत गरिने तेस्रोपटक पाइए पसल बन्द गरिने चेतावनी काठमाडौं ।। काठमाडौं महानगरपालिका क्षेत्रभित्र भोलिदेखि सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइने भएको छ । बिहीबारदेखि लागु हुने गरी सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा निधेष गरिने महानगरले जनाएको छ । महानगरका अनुसार कच्चा सुर्ती, खैनी, गुट्खासहित […]
इञ्जिनियरिङ कलेजमा सिट खाली भन्ने हल्ला मात्र अहिले तेस्रो भर्ना सूची सार्वजनिक थप भर्ना सूची सार्वजनिक हुँदासम्म सबै सिट भरिने काठमाडौं ।। सामाजिक सञ्जालमा त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका कलेजमा सिट खाली रहेको भन्ने तथ्यांक सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ । आईओईको प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्राध्यापक डा. सुशीलबहादुर बज्राचार्यले यो तथ्यांक गलत […]
रवि लामिछानेलाई (एनआरएनए) ले सात बुँदे ज्ञापनपत्र बुझायो नेपाली नागरिकता लिएकाहरुलाई पार्टीको तर्फबाट सहजीकरण गरिदिन आग्रह नेपालको राहदानी प्राप्तीका लागि समेत पहल गरिदिन अनुरोध लन्डन ।। बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सात बुँदे ज्ञापनपत्र बुझाएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडाले मंगलबार […]
युद्धग्रस्त गाजामा तत्काल मानवीय युद्धविरामको माग आपतकालीन विशेष सत्रमा युद्धविरामको पक्षमा १५३ राष्ट्रको साथ युद्धविराम गर्नुपर्ने प्रस्तावको पक्षमा नेपालले गर्यो मतदान काठमाडौं ।। संयुक्त राष्ट्रसंघको महासभाले युद्धग्रस्त गाजामा तत्काल मानवीय युद्धविरामको माग गरेको छ । यसमा नेपालले समर्थन गरेको छ । राष्ट्रसंघको सुरक्षा परिषद्मा अमेरिकाले भिटो प्रयोग गर्दै युद्ध विरामको पक्षमा माहोल बन्न नदिए पनि […]
अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ अपरेसन अभियानमा ३२ जना प्रहरीको फन्दामा काठमाडौं ।। अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन् । नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । खड्कासँगै वायु सेवा निगमका कर्मचारी अविन्द्र यादवलाई पनि प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । […]
चितवन । आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका–३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनिलले सामान्य वादविवाद हुँदा ढुङगाले प्रहार गर्दा गम्भीर घाइते भएका रामशरणको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिङ र अस्थायी प्रहरी पोस्ट फिस्लिङबाट […]
बस बिसौनी (बस स्टप) निर्माण गर्ने योजना रिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने संकेत चिन्हहरु मिलाउन तत्काल काम थाल्नुपर्ने काठमाडौं ।। काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी (बस स्टप) निर्माण गर्ने योजना बनाएको छ । यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ लाइट बिस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज […]
आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भए बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव रहेको खुलाशा ४ हजार ४६० जनाले रोजगारी पाएका थिए पर्सा ।। आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत […]