विपीन जोशीको खोजीका लागि इजरायली उच्च अधिकारीहरू राजी अधिकारीहरूले विपीनको खोजीका लागि प्रतिबद्धता जनाए विपीनको रिहाइमा कुनै कसर बाँकी नराखिने काठमाडौं ।। हमासद्वारा गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको खोजीका लागि इजरायली उच्च अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँगको भेटमा इजरायली उच्च अधिकारीहरूले विपीनको खोजीका लागि प्रतिबद्धता जनाएका हुन् […]
डा. भरतराज गौतमले राजीनामा दिए राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालयद्वारा जानकारी काठमाडौं ।। संघीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ । ०७७ वैशाख २२ गते उनी सो पदमा नियुक्त भएका थिए ।
सरकारले १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राख्यो ३ वर्षदेखि १ वर्षसम्म कालोसूचीमा परे सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् काठमाडौं ।। सरकारले १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखी पठाएको आधारमा १२ कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । […]
उप्रेती साहसी महिला पुरस्कार-२०२३’ बाट सम्मानित उप्रेतीले ‘इन्टरनेसनल वुमन अफ करेज अवार्ड’ ग्रहण गरिन् अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सम्मान गरियो काठमाडौं ।। सामाजिक अभियन्ता सविता उप्रेती ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार-२०२३’ बाट सम्मानित भएकी छन् । अटिजम भएका बालबालिकाको सेवामा लामो समयदेखि काम गर्दै आएकी उनलाई भारतीय मानवअधिकार परिषद्ले सो सम्मान प्रदान गरेको हो । अन्तर्राष्ट्रिय […]
देशभरका शिवालयमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइयो भक्तजनहरु दीपदान गरी रातभर जाग्राम बसे वासुकी र गुहृयेश्वरीको पूजा अनिवार्य गर्नुपर्ने शास्त्रीय वचन काठमाडौं ।। दिवङ्गत पितृको सम्झनामा पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । आइतबार दीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व […]
भारतको जाेगबनीमा गाेली प्रहार प्रहरीको टाेलीद्वारा उद्दार गरी अस्पताल पुर्याइयो विराटनगर ।। विराटनगरका एक युवकमाथि भारतको जाेगबनीमा गाेली प्रहार भएको छ । विराटनगर महानगरपालिका-८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जाेगबनीमा आइतबार साँझ गाेली प्रहार भएको हाे । गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी […]
सरकारी विद्यालयहरूको खाजाको सूची सार्वजनिक विद्यालयमा जंकफुड निषेधगरी पोषिलो खाजा खुवाउने ८ हजार २८ विद्यार्थीलाई ६ दिनमा फरक फरक खाजा खुवाउने विराटनगर ।। इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सरकारी विद्यालयहरूको खाजाको सूची सार्वजनिक गरेको छ । बालकक्षादेखि ६ सम्मका छात्रछात्राहरुलाई दिवा खाजामा दिइने खाजाको सूची सार्वजनिक गर्दै इटहरीले विद्यालयमा जंकफुड निषेध गरेको जनाएको छ । इटहरीका […]
१७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभाग पठाइयो १७ लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएका उनी प्रहरीको फन्दामा काठमाडौं ।। दक्षिण अफ्रिका पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-४ का १८ वर्षीय अन्जेश गिरी छन् […]
अन्तर्राष्ट्रिय उडानको माग गर्दै सडक आन्दोलन सुरु व्यवसायीले विमानस्थलमा धर्ना पनि दिए सरकारी कार्यालय स्थापना गर्न माग बुटवल ।। रुपन्देहीका उद्योगी – व्यवसायी भैरहवाको गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन् । रुपन्देहीमा निजी क्षेत्रका ३२ वटा संघसंस्था आवद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले आइतबार भैरहवामा सडकमा उत्रिएर आन्दोलन थालेको हो । […]
करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु तारमा छोइएको बाँसलाई समाउँदा करेन्ट लाग्यो काठमाडौं ।। नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु भएको छ । विदुर नगरपालिका–४ मा रहेको जबरजंग गणमा कार्यरत रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको कम्पाउन्डभित्र रहेको बिजुलीको तारमा छोइएको बाँसलाई समाउँदा शनिबार […]
सिमकोटमा भएको हिमपातले जनजीवन प्रभावित हिउँदयाममा पनि हिल्सामा होटेल व्यवसायी बस्दै सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको प्रयोग सिमकोट (हुम्ला) ।। हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपातले जनजीवन प्रभावित बनेको छ । पानीको धारामा बरफ जम्न थालेको छ भने तापक्रम माइनसमा झरेको छ । स्थानीय उपेश भण्डारीले दिउँसो घाम लागेपछि मात्रै जमेको […]
सामूहिक भोज खाएका एकजनाको मृत्यु १८ जना अस्पताल भर्ना फुड पोइजनका कारण हुनसक्ने शंका काठमाडौं ।। लमजुङको सुन्दरबजार नगरपालिका-८ मा सामूहिक भोज खाएका एकजनाको मृत्यु भएको छ । १८ जना अस्पताल भर्ना भएका छन् । सुन्दरबजार नगरपालिका-९ बस्ने देवी परियारको मृत्युको कारण ‘फुड पोइनज’ भएको बताइएको छ । उनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको […]