April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

२० वर्ष पुगेका बेहुला – बेहुलीलाई मात्रै सामूहिक विवाह

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० १0:३४
२० वर्ष पुगेका बेहुला – बेहुलीलाई मात्रै सामूहिक विवाह
  • पाँच वर्षदेखि सामूहिक विवाहको कार्यक्रम गराउँदै
  • जनकपुरधाममा २१ जोडीको सामूहिक विवाह
  • २० वर्ष पुगेकालाई मात्रै बेहुला -बेहुली बनाईयो 

जनकपुरधाम ।।

जनकपुरधामलाई विश्वमा वैवाहिक स्थलको रुपमा परिचित गराउन सामूहिक विवाहको आयोजना गर्ने गरेको अध्यक्ष साह बताउँछन् । विवाहपञ्चमीको अवसरमा परिषदले विगत पाँच वर्षदेखि सामूहिक विवाहको कार्यक्रम गराउँदै आएको छ ।परिषदको आयोजनामा यसरी विवाह गर्ने प्रायः आर्थिक अवस्थाले कमजोर परिवारहरु हुन्छन् ।

२० वर्ष उमेर पूरा भएकाहरुबीच उनीहरुको अभिभावकको सहमतिमा विवाह गराइदिने गरिन्छ । ‘अभिभावक र बेहुला बेहुलीको सहमतिमा हामीले विहेको व्यवस्थापन गरेका छौं । बेहुला-बेहुलीको नागरिकताको आधारमा २० वर्ष पुगेकालाई मात्रै हामीले विवाह गराएका हौं,’ अध्यक्ष साहले भने । सीताराम विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा २१ जोडीको सामूहिक विवाह भएको छ । विश्व हिन्दू परिषद नेपालको आयोजनामा सोमबार साँझ जानकी मन्दिर प्रांगणमा २१ जोडीको सामूहिक विवाह गराइएको हो ।

जानकी मन्दिर प्रांगणमा मैथिली परम्परा अनुसार २१ जोडीको स्वयंबर तथा विवाह सम्पन्न भएको र उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषदले व्यवस्थापन गरेको परिषदका जनकपुर अध्यक्ष सन्तोष साहले जानकारी दिए । अध्यक्ष साहका अनुसार प्रत्येक जोडीका लागि सुनको एक आनाको मंगलसुत्र, बेहुलीका लागि ९ सेट साडी, श्रृंगारपटार, बेहुलाका लागि पाइन्टसर्ट, धोतीकुर्ताको व्यवस्था गरिएको थियो । यसैगरी भान्छा कोठामा प्रयोग हुने एक सेट सामान, एक सेट ओछ्यान र बेहुला–बेहुली पक्षका २५-२५ जनाका लागि खाजा-खानाको व्यवस्था समेत परिषदले गरिदिएको थियो ।

परिषदका अध्यक्ष साहका अनुसार एक जोडीको बिहेको व्यवस्थापनमा ८०-८५ हजार रुपैयाँ खर्च भएको छ । परिषदले यो खर्च आर्थिक सहयोग संकलन गरी जुटाएको हुन्छ । विवाह गर्नु अघि बेहुलाहरुलाई दिउँसो रथमा राखेर नगर परिक्रमा गराइएको थियो ।जनकपुरधामलाई विश्वमा वैवाहिक स्थलको रुपमा परिचित गराउन सामूहिक विवाहको आयोजना गर्ने गरेको अध्यक्ष साह बताउँछन् । विवाहपञ्चमीको अवसरमा परिषदले विगत पाँच वर्षदेखि सामूहिक विवाहको कार्यक्रम गराउँदै आएको छ ।

परिषदको आयोजनामा यसरी विवाह गर्ने प्रायः आर्थिक अवस्थाले कमजोर परिवारहरु हुन्छन् । २० वर्ष उमेर पूरा भएकाहरुबीच उनीहरुको अभिभावकको सहमतिमा विवाह गराइदिने गरिन्छ । ‘अभिभावक र बेहुला बेहुलीको सहमतिमा हामीले विहेको व्यवस्थापन गरेका छौं । बेहुला–बेहुलीको नागरिकताको आधारमा २० वर्ष पुगेकालाई मात्रै हामीले विवाह गराएका हौं,’ अध्यक्ष साहले भने ।

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० १0:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।