January 21, 2025 | मङ्लबार, माघ ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

अत्यावश्यक कामबाहेक बिहान बाहिर ननिस्कन आग्रह

अत्यावश्यक कामबाहेक बिहान बाहिर ननिस्कन आग्रह

ध्रुवेलेले धेरै मानिसको ज्यान लिंदै  नियन्त्रणका लागि प्राविधिकसहितको दुईवटा टोली परिचालन   हालसम्म २२ भन्दा बढीको ज्यान गयो  चितवन ।। धेरै मानिसको ज्यान लिएको जंगली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।  विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको […]

  • १ year अगाडि
पटका पड्काउँदा किराना पसलमा आगलागी

पटका पड्काउँदा किराना पसलमा आगलागी

गए राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैन ले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिए। लक्ष्मीपूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटका जैनको घरपछाडि रहेको रुखको बोटनजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन्। आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा […]

  • १ year अगाडि
जाजरकोट भूकम्पमा ६७ विद्यार्थीको मृत्यु, ७१ जना घाइते

जाजरकोट भूकम्पमा ६७ विद्यार्थीको मृत्यु, ७१ जना घाइते

सुर्खेत- कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ६७ विद्यार्थीको मृत्यु भएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार​भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको हो। सबैभन्दा धेरै रुकुमपश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको मन्त्रालयका शिक्षा अधिकृत बलबीर सुनारले जानकारी दिए। ३६ रुकुमपश्चिम र ३५ जाजरकोटका गरी ७१ विद्यार्थी घाइते भएको जनाइएको […]

  • १ year अगाडि
विश्व कप क्रिकेटमा भारत अपराजित रहँदै सेमिफाइनलमा : नेदरल्यान्ड्स १ सय ६० रनले पराजित

विश्व कप क्रिकेटमा भारत अपराजित रहँदै सेमिफाइनलमा : नेदरल्यान्ड्स १ सय ६० रनले पराजित

काठमाण्डाै – घरेलु टोली भारत आईसीसी विश्व कप क्रिकेटमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । हिजो भएको खेलमा नेदरल्यान्ड्सलाई १ सय ६० रनले हराएसँगै भारत समूह चरणका सबै ९ खेलमा जितकासाथ सेमिफाइनलमा पुगेको हो । जितको लागि ४ सय ११ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७ ओभर ५ बलमा २ सय ५० रनमा अलआउट भयो । […]

  • १ year अगाडि
खोटाङको धितुङमा बिजुली सर्ट भएर घर जल्यो : २५ लाख रुपैयाँ बराबरको क्षति

खोटाङको धितुङमा बिजुली सर्ट भएर घर जल्यो : २५ लाख रुपैयाँ बराबरको क्षति

खाेटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ बुलागैरीका भीमबहादुर कट्वालको घर जलेको छ । लक्ष्मी पूजाको दिन हिजो मिटर बक्सबाट विद्युत् सर्ट भएर घरमा आगलागी भएको हो । आगलागीबाट २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । मिटरबक्स नजिकै बलिरहेको बत्ती एक्कासी पड्किएर बिजुली सर्ट हुँदा तीन तले घर तथा घरमा भएका सामग्री […]

  • १ year अगाडि
हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

काठमाण्डाै – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११, राप्ती पुल पारि थानाभर्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको ज्यान गएको छ । मोटरसाइकलमा रहेका अरु दुई जना घाइते भएका छन् । ना ६५ प ७०५५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका तीन जनामध्ये हेटाैँडा–४ कमलडाँडाका २२ वर्षका महेन थापा मगरको हेटाैँडा अस्पतालमा उपचारका क्रममा गएराति ज्यान […]

  • १ year अगाडि
मोरङको उर्लाबारीमा आगलागी : चार जना प्रहरीसहित २७ जना घाइते

मोरङको उर्लाबारीमा आगलागी : चार जना प्रहरीसहित २७ जना घाइते

काठमाण्डाै – मोरङको उर्लाबारीमा गएराति भएको आगलागीमा २७ जना घाइते भएका छन् । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ । घाइते हुनेहरुमा चार जना प्रहरी पनि रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिनुभयो । स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो । घाइतेहरुको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार […]

  • १ year अगाडि
आजको राशिफल : वि.सं. २०८० कार्तिक २७ गते  सोमबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० कार्तिक २७ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष–सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ।रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।प्रतिष्ठित काम गर्ने मौका छ । वृष–प्रशंसकहरू बढ्नेछन् […]

  • १ year अगाडि
‘दोधारा चाँदनी’ फिल्म बनाउने नवल खड्काको घोषणा

‘दोधारा चाँदनी’ फिल्म बनाउने नवल खड्काको घोषणा

काठमाडौं- नवल खड्काले नयाँ फिल्म बनाउने भएका छन्। लक्ष्मीपूजाको अवसरमा खड्काले फेसबुकमार्फत ‘दोधारा चाँदनी’ शीर्षकको फिल्म बनाउने घोषणा गरेका हुन्। यो फिल्म कञ्चरपुर जिल्लाको महाकालीकापारिको नेपाल दोधारा चाँदनीको कथामा बन्नेछ। भारतले दोधराचाँदनीमा गरेको सीमा अतिक्रमणदेखि त्यहाँका जनताहरुले भोग्नुपरेको व्यथालाई फिल्ममा देखाइनेछ। सामना फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मको खड्का निर्माता हुन्। फिल्मको टाइटल घोषणा […]

  • १ year अगाडि
बर्दियामा जरायोको ४० किलो सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ

बर्दियामा जरायोको ४० किलो सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ

बर्दिया – बर्दियामा जरायाेकाे ४० किलाे सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जकाे सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले बराहताल गाउँपालिका-१ तेलपानीबाट उनीहरुलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका-१, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्र बहादुर वली र दिलबहादुर वली रहेका […]

  • १ year अगाडि
काठमाण्डाैमा २४सै घण्टा देउसीभैलाे खेल्नाेस्, सुरक्षा दिन तयार छाैँ : प्रहरी

काठमाण्डाैमा २४सै घण्टा देउसीभैलाे खेल्नाेस्, सुरक्षा दिन तयार छाैँ : प्रहरी

काठमाण्डाै – तिहारमा काठमाण्डाैमा २४सै घण्टा देउसीभैलाे खेल्न पाइने भएकाे छ । प्रहरी र सुरक्षा समितिले तिहारमा देउसीभैलाे खेल्न कुनै सीमित समय निर्धारण नगरेकाे भन्दै काठमाण्डौमा २४सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न पाइने जनाएकाे हाे । काठमाण्डाै प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह […]

  • १ year अगाडि
भाइटीकाको दिन बाहेक अध्यागमन विभागको सेवा नरोकिने

भाइटीकाको दिन बाहेक अध्यागमन विभागको सेवा नरोकिने

२६ कात्तिक, काठमाडौं । यस वर्ष २८ कात्तिक (१५ नोभेम्बर)का दिन परेको भाइटीकाबाहेक अन्य दिन अध्यागमन विभागको सेवा सुचारु रहने भएको छ । विभागका अनुसार तिहार बिदाका अन्य दिनमा भने विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला रहने भएको छ । सार्वजनिक बिदामा भाइटीकाको दिन बाहेक अन्य दिन बिहान ११ बजेदेखि १ बजेसम्म सेवा […]

  • १ year अगाडि

लोकप्रिय