काठमाडौं, कात्तिक १२ गते । काभ्रेपलाञ्चोकको बेथानचोकमा बस दुर्घटना परी ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डुन्डीराज न्यौपानेका अनुसार ब्रेक फेल भएका कारण काभ्रेपलाञ्चोकको तालढुङ्गाबाट गुवाभनज्याङ् लागेको उक्त बस ब्रेक फेल भएका कारण दुर्घटनामा परेको हो । उहाँले सो दुर्घटनामा घाइते भएका ११ जनाको धुलीखेल अस्पतालमा […]
बिराटनगरमा पहिलो पटक जनावरहरुको सौन्दर्य प्रतियोगिता हुने भएको छ । मान्छे र जनावर बीचको सम्बन्धलाई सुदृढ गर्न र विराटनगरमा उद्धार गरिएका जनावरहरूको लागि शेल्टर होम सुरु गर्ने भिजनका साथ एलिना एनिमल्स प्रिजर्भेसन नेपालले यस कार्यक्रमको आयोजना गर्न लागेको आयोजक टिम बताउछन । उक्त कार्यक्रममा घरमा पालिएको जनावर जनावर बीचमा प्रतिस्पर्धा हुने छ । यस कार्यक्रममा […]
काठमाण्डाै – १० दिनपछि खुलेको शेयर बजार आज आइतवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । दशैँ र अन्य बिदाका कारण गएको २ गतेपछि आज खुलेको बजार २८ दशमलव १८ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि शेयर बजार परिसूचक नेप्से आज एक हजार आठ सय ७५ दशमलव ६५ विन्दुमा झरेको छ । […]
काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज आइतवार राष्ट्रपति भवन शीतल निवास पुगेर गुटेरेसले राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो । राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गर्नुभएको थियो । यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका […]
काठमाण्डाै – सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रवार तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ तोलामा १५ […]
काठमाण्डाै – बारामा माेटरसाइकल दुर्घटनामा परि एक प्रहरी जवानकाे ज्यान गएकाे छ । हिजाे बिहान ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भइ इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारकाे ज्यान गएकाे हाे । निजगढ नगरपालिका-८ बाट जितपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको […]
इजरायली सेनाले हमासको हवाई आक्रमणको नेतृत्व गर्ने कमान्डर असिम अबु रकाबा मारिएको दाबी गरेको छ । हमासका वायु सेना प्रमुख असिमले गएको अक्टोबर ७ मा आक्रमण गर्नेहरूलाई निर्देशन दिएको इजरायलको दाबी छ । उनकै निर्देशनमा हमासका प्याराग्लाइडरहरू इजरायल पसेका थिए । यी कमान्डर इजरायली सेनाको पोस्टमा ड्रोन आक्रमणमा पनि संलग्न रहेको बताइएको छ । इजरायली […]
इजरायलले गाजामा भइरहेको आक्रमणलाई झनै तीव्र बनाएको छ । स्थलगत माध्यमबाट गाजा क्षेत्र पुगेर हमासको सुरुङमा आक्रमण शुरु गरेसँगै आक्रमणलाई थप तीव्र बनाएको छ । त्यहाँ इन्टरनेट र फोन सेवा बन्द भएपछि गाजाका मानिसहरूको बाँकी विश्वसँगको सम्पर्क टुटेको छ । सेनाले आक्रमण बढाएसँगै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा […]
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेटमा नेदरल्यान्ड्ससँग पराजित भएसँगै बङ्लादेश विश्व कप क्रिकेट २०२३ बाट बाहिरिने पहिलो टोली बनेको छ । नेदरल्यान्ड्सले दिएको दुई सय ३० रनको सामान्य लक्ष्य पछ्याएको बङ्लादेश ४२ ओभर दुई बलमा एक सय ४२ रन बनाएर अलआउट भयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर […]
लेखक तथा पत्रकार मोहन मैनालीको नेपाल-अंग्रेज युद्धमा केन्द्रित ‘मुकाम रणमैदानः नेपाल-अंग्रेज युद्धको बखान’ पुस्तक प्रकाशित हुने भएको छ । यस वर्षको दसैँको अवसर पारेर पुस्तक प्रकाशित गरिएको मैनालीले जानकारी दिएका छन् । पुस्तकमा १८७१-७२ सालको नेपाल-अंग्रेज युद्धमा खटिएका नेपाली र अंग्रेज सिपाही तथा कमान्डरले लेखेका प्रकाशित तथा अप्रकाशित चिठीपत्र, त्यसबारे लेखिएका किताबबाट पाएका जानकारीका आधारमा […]
बर्दिया । युक्रेनी सेनाको नियन्त्रणमा रहेका २३ वर्षीय विवेक खत्रीको परिवार त्रासमा छ । खत्रीलाई युक्रेनी सेनाले नियन्त्रण लिएको खबर पाएपछि उनको घर रहेको बर्दिया राजापुर नगरपालिका १, मनपरीपुरमा सन्नाटा छाएको छ । करिब १५ दिनअघि युक्रेनी सेनाले खत्रीलाई नियन्त्रणमा लिएपछि विवेकले घरमा भिडियो कल गर्दै आफू पक्राउ परेको जानकारी घरपरिवारलाई गराएका थिए । विवेक […]
महोत्तरी । कोजाग्रत पूर्णिमासँगै महोत्तरीसहितका मिथिला क्षेत्रका नवविवाहित जोडीको आज ‘चुमाउन’ विधि गरिँदै छ । पछिल्लो एक वर्ष अवधिभित्र विवाह भएका मैथिल दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलाहाका घरमा गएर गरिने वरपूजन परम्पराको ‘चुमाउन’ विधि आज हुन लागेको हो । यो विधि कोजाग्रत रातमा गरिने परम्परा छ । सामान्यत: आफ्नी कन्याको विवाहपश्चात् […]