महानिरीक्षकसहितको टोली अमेरिका प्रस्थान प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय सङ्घको सम्मेलनको लागि प्रस्थान असोज २२ देखि २६ गतेसम्म आयोजना हुने काठमाडौं ।। सशस्त्र प्रहरीका महानिरीक्षक र नेपाल प्रहीका निमित्त प्रहरी महानिरीक्षकसहितको टोली अमेरिका प्रस्थान गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय सङ्घको सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित […]
सिमसार क्षेत्रमा आज बिहान बयस्क हात्ती मृतावस्थामा फेला सिमसारको दलदलमा आधा डुबेको हात्ती मरेको हो या मारिएको भन्ने अनुसन्धान हुँदै झापा ।। भद्रपुर नगरपालिका-२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती […]
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार सूचीकृत भएकोमा सेयर धितोपत्रको दोस्रो बजारमा आजबाट कारोबार सुरु भएको छ। नेप्सेमा साधारण सेयर कुल १ करोड ३६ लाख ३६ हजार ३ सय ७० कित्ता सूचीकृत भएको थियो। उक्त कम्पनीको दोस्रो बजारमा पहिलो कारोबारको लागि प्रतिकित्ता १२४.४२ देखि ३७३.२६ ओपन रेज्ज तोकिएको छ। सर्वसाधारण सेयरधनीसहित […]
काठमाडौँ, २४ असोज ःसभामुख देवराज घिमिरेले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्नुभएको छ । सभामुख घिमिरे आज जारी गर्नुभएको शोक वक्तव्यमा दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा भएको आक्रमणमा १० नेपालीको निधन भएकामा दुःख प्रकट गर्दै उक्त आग्रह गर्नुभएको हो […]
काठमाडौं । इन्द्रचोकमा अवस्थित आकाश भैरवको मन्दिर मुनि रहेको पसलहरु हटाइएको छ। गत बिहीबार झन्डै १७ वर्षअघिदेखि सञ्चालन भइरहेको पसलहरू बन्द गरिएको आकाश भैरव सञ्चालन समितिका सचिव श्याम महर्जनले जानकारी दिए। ‘असोज १५ गते हटाउने सम्झौता भए पनि पसलेहरूले १८ गतेदेखि पूर्ण खाली गराइदिनुभएको थियो,’ उनले भने। ‘आकाशका देवता’ मानिने इन्द्रचोकको बीचमा रहेको आकाश भैरवको […]
मेष– विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । वृष– प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ […]
अस्वाभाविक सम्पत्ति देखिएमा करछली सम्बन्धी विषयमा अनुसन्धान हुने उक्त व्यक्तिमाथि करसम्बन्धी कसुर गरे – नगरेको यकिन गर्नुपर्ने यकिन भइसकेपछि कर छलेको भए अनुसन्धान गरी कारबाही अघि बढ्ने काठमाडौं ।। कुनै पनि नागरिकको स्रोत नखुलेको र अस्वाभाविक सम्पत्ति देखिएर अरु कसुर नभेटिएमा करछली सम्बन्धी विषयमा अनुसन्धान हुने भएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को […]
काठमाडौं- हमास समूहको आक्रमणमा परी १२० इजरायली सेना मारिएको छन्। गत शनिबार बिहानैदेखि हमास समूहले सुरु गरेको आक्रमणमा कम्तीमा १२३ इजरायली सैनिकको मृत्यु भएको इजरायली रक्षा बलका प्रवक्ता रियर एडम ड्यानियल हगारीले बताएको सीएनएनले जनाएको छ। हमास समूहले गरेको आक्रमणमा १२३ सेनासहित मृत्यु हुनेको संख्या ९०० भन्दा बढी पुगेको छ। रक्षा बलका प्रवक्ता हगारीले ५० […]
काठमाडौँ । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले सुरु गरेको आन्दोलन आज पनि जारी छ । असोज १५ देखि सडक आन्दोलन थालेका उनीहरूमाथि हिजो प्रहरीले हस्तक्षेप गरेको थियो । बानेश्वरमा निषेधित घेरा तोड्न खोज्दा प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइतेसमेत भएका थिए । निजामती कर्मचारी सम्बद्ध सङ्घ सङ्गठनले हिजोको प्रहरी दमनको संयुक्त रूपमा विरोध […]
काठमाण्डौ – सोलुखुम्बुको लुक्ला विमानस्थलमा चार दिनदेखि उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । यो बेला दैनिक ४० वटासम्म उडान हुने गरेकोमा खराब मौसमका कारण पछिल्लो ४ दिनदेखि एउटा पनि उडान हुन नसकेको लुक्ला विमानस्थल कार्यालयले जनाएको छ । उडान नभएपछि सयौँ पर्यटक अहिले रामेछापको मन्थलीमा अलपत्र परेका छन् । काठमाण्डौबाट लुक्ला उडान गर्दा […]
काठमाण्डौ – लगातार तेस्रो दिन आज पनि शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव शून्य ६ अंकले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै बाराही हाइड्रोपावर कम्पनीको शेयर साढे सात प्रतिशत तथा गरिमा […]
काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमवार काठमाण्डौ आएका धामीले टिभीको भित्रपट्टी लुकाइछिपाइ ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । त्यस […]