काठमाडौं । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । पश्चिम एसियाको राष्ट्र इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो । सार्वजनिक बिदा नदिई राष्ट्रिय शोकको मात्रै घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन । जसअनुसार आज सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइने […]
कवि तथा गजलकार युवराज भण्डारीको कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बजारमा आएको छ । लामो समयदेखि लेखनमा सक्रिय भण्डारीको यो पहिलो कविता कृति हो । यस सङ्ग्रहमा उनले २०७५ सालदेखि २०८० सालसम्म लेखेका ५६ वटा कविताहरू सङ्कलित छन् । यस कविता सङ्ग्रह सँगसँगै उनको ‘भावनाको तस्वीर’ ९गजलसङ्ग्रह० प्रकाशनको प्रतीक्षामा प्रेसमा छ । ‘नारीको आवाज’ ९तिजका गीतसङ्ग्र्रह, २०४७० […]
काठमाण्डौ – रोमानियापछि सरकारले युरोपियन देश जर्मनीसँग पनि श्रम समझदारी गर्ने भएको छ । अक्टोबर १० अर्थात् भोलि मङ्गलवार नेपालले जर्मनीसँग श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले जनाकारी दिनुभयो । युरोपेली देश रोमानियासँग नेपालले गएको शुक्रवार मात्र श्रम समझदारी गरेको हो । पछिल्लो समय युरोपेली देशमा […]
दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दले प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखे ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरे केन्द्रीय संयोजक शम्भु थापा पक्राउ काठमाडौं ।। विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् ।राजधानीको जमलस्थित होटल एल्लो प्यागोडा होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे […]
काठमाण्डाै – हिजो आइतवार साढे ३५ अङ्कले घटेको शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ विन्दुमा झरेको छ । आज उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ […]
फिदिम : पाँचथरको याङ्वरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले कार्यालय सहयोगी छत्र सुवेदीलाई कुटपिट गरेका छन्। कुटाईबाट सुवेदी घाइते छन्। सुवेदीको दाया आँखाको डिलमा चोट लाग्नुको साथै अनुहार सुनिएको छ। आइतबार लिङ्देनले सुवेदीलाई दुई पटक क्वाटरमा बोलाए। ‘भाई हिजो बेलुका यमुनाको होटलमा बसेको हो ?,’ सुवेदीलाई पहिलोपटक क्वाटरमा बोलाएर लिङ्देनले केरकार गरे। जवाफमा सुवेदीले […]
काठमाडौं- लागु औषध (गाँजा)सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको छ। आइतबार न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले जिल्ला अदालत बागलुङको तीन वर्ष छ महिना कैद फैसला सदर गर्दै घर्तीलाई थप ५० हजार जरिवानाको फैसला गरेको अदालतका […]
काठमाडौं। अक्टोबर ७ शनिबार बिहान सबेरै प्यालेस्टाइनी संगठन हमासले इजरायलमाथि लगातार रकेट आक्रमण गरेपछि भड्किएको युद्धले यतिखेर फेरि एकपटक विश्वको ध्यान खिचेको छ । युद्धको दुई दिनभित्रै दुवै तर्फगरी एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ, त्यसमा १० नेपालीसमेत छन्। यो युद्ध कति लामो जान्छ र के-कति क्षति पुर्याउँछ यसै भन्न सकिने अवस्था छैन । तर, […]
काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गर्ने कृष्ण पहाडीसहित १३ जना मानव अधिकारवादी पक्राउ परेका छन् । मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा भएको विरोध प्रदर्शनमा सहभागीहरू पक्राउ परेका हुन् । प्रदर्शनमा सहभागीहरूले निषेधित क्षेत्र तोडेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । असोज २१ गतेदेखि कैद माफी लगायत विभिन्न १० बुँदे माग […]
नेपालगन्ज, असोज २२ गते । नेपालगन्जको अवस्था पहिलेजस्तै सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो लगाउँदै आएको निषेधाज्ञाको समय पनि घटाइएको छ । नगरको अवस्था सामान्य भएपछि नेपालगन्ज उपमहानगरपालिकामा दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञा र राति लगाइएको कर्फ्यु दिन प्रतिदिन खुकुलो बनाउँदै लगिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रशासन कार्यालयद्वारा सोमवार जारी […]
काठमाडौं, असोज २२ गते । नेपालका भेटरान तेक्वान्दो खेलाडी अशोक खड्काले दोस्रो क्योङ्गी युनिभर्सिटी ओपन पुम्से तथा पारा पुम्से च्याम्पियनसीपमा काश्य पदक जित्नुभएको छ । दक्षिण कोरियामा भएको भर्चुअल प्रतियोगितामा अशोकले ४० वर्षमुनिको इभेन्टमा सफलता पाउनुभएको हो । सो इभेन्टमा फ्रान्सका खेलाडी पहिलो र अस्ट्रेलियाका खेलाडी दोस्रो हुनुभयो । अशोक पछिल्ला समयमा अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायकको […]
काठमाडौं– सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १७७ चिकित्सकले एकैपल्ट सामूहिक बिदा मागेका छन्। बिदा माग्नेमा सिनियर रेजिडेन्ट, एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसरलगायत छन्। चिकित्सकले इमेलमार्फत प्रतिष्ठानका विभागीय प्रमुख र प्रशासनमा बिदाको निवेदन दिएका हुन्। नन् मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकको करिब ७ वर्षदेखि रोकिएको बढुवा प्रक्रियाबारे प्रतिष्ठानका पदाधिकारीले माग सम्बोधन […]