विद्यालय शिक्षा विधेयकको विरोधमा यतिबेला शिक्षकहरु आन्दोलित देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएपछि पठनपाठन ठप्प शिक्षक महासंघले कारबाही गरिएमा प्रतिकार थाल्ने चेतावनी काठमाडौँ ।। विद्यालय शिक्षा विधेयकको विरोधमा यतिबेला शिक्षकहरु आन्दोलित छन्। देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएपछि बुधबारदेखि नै पठनपाठन रोकिएको छ। बिहीबारदेखि जिल्लामा रहेका शिक्षकहरुले पनि नपढाएपछि सामुदायिक तथा सरकारी विद्यालय ठप्प भएका छन्। […]
खुँडा हानेर हत्या गर्ने मुख्य नाइके रिगल भनिने योगेश ढकाललाई राष्ट्रपतिद्वारा आममाफी जिल्ला अदालत बाँकेले सर्वस्वसहित जन्मकैद गरेको थ्यो योगेश ढकाललाई राष्ट्रपतिले आममाफी दिएलगत्तै उनी दाङ कारगारबाट छुटे काठमाडौँ ।। नेपालगन्जको सुर्खेतरोडमा स्थानीय युवा चेतन मानन्धरलाई खुँडा हानेर हत्या गर्ने समूहका मुख्य नाइके रिगल भनिने योगेश ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका छन्। २०७२ असार […]
लुटपाटमा संलग्न भएको आरोपमा दुई युवक पक्राउ ८ आनाको तिलहरी, एक थान मोबाइल लुटेर उनीहरु भागे कञ्चनपुर।। कञ्चनपुरमा दुई महिलालाई कुटपिट र लुटपाटमा संलग्न भएको आरोपमा दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका-२ दैजीका २२ वर्षीय कमल चौधरी र सोही ठाउँका २७ वर्षीय राजु डगौरा छन्। उनीहरुले शुक्लाफाँटा […]
सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु उपचारकै क्रममा उनको ज्यान गयो माझीलाई बचाउन नसकिएको चिकित्सकले बताए सिन्धुली ।। सिन्धुलीमा विषालु सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु भएको छ। दुधौली नगरपालिका-६ हर्षाहीका ६५ वर्षीया जानुकी माझीको सर्पको टोकाइबाट मृत्यु भएको हो। घरमै सर्पले टोकेपछि उनलाई उपचारको लागि बुधबार दुधौलीस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु […]
स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मागपत्र बुझाउने तयारी युनियनसँगको समन्वयमा सशक्त आन्दोलनको तयारी गर्ने योजना काठमाडौं ।। आफूहरुको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयध ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका छन् । आन्दोलनका संयोजक दीपक गौतमका अनुसार प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै नै […]
विश्वविद्यालयमा राजनीति छिरेपछि त्यो ध्वस्त हुने रोकिएको कार्यक्रम बुधबार आयोजना गरियो त्रिविका सबैतिरका क्याम्पसमा एउटै पाठ्यक्रम राख्नु राम्रो हुन्न काठमाडौं ।। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. केदारभक्त माथेमाले विश्वविद्यालयमा राजनीति छिरेपछि त्यो ध्वस्त हुने बताएका छन् । नेपालका विश्वविद्यालयको स्तरमा आएको क्षयीकरणमा पनि माथेमाले राजनीतिक हस्तक्षेपलाई कारणका रूपमा प्रस्तुत गरे । गत साउन २४ मा […]
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदको सजाय माफी गरेका छन्। संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार उनीहरुको कैदको सजाय माफी गरेका हुन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार बुधबारदेखि लागू हुने गरी उनीहरुको कैदको सजाय माफी गरेको उल्लेख गरेकी छन्।
अर्का एक स्वास्थ्यकर्मीमाथि आक्रमण ड्युटीमा खटिएका अहेब नरेन्द्रप्रसाद गैरेमाथि हातपात औँला उठाएर गालीगलौज गर्दै गैरेको घाँटी अठ्याएर धकेलेको काठमाडौं ।। नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता भएको तीन दिन नबित्दै अर्का स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सहमति भएपनि अर्का एक स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य […]
काठमाण्डौ – सुन चाँदीको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको । यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले घटेर एक […]
टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय काटिरहेका तीन जना कैदीले बाँकी कैद माफी पाएका छन्। संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा उनीहरुलाई कैद माफी दिएका हुन्। टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी आज रिहा हुने भएका छन्। उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि […]
नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले चीनको हाङझाउमा जारी १९ औं एशियन गेम्स अन्तर्गत बुधबार एसियाली पावर हाउस इरानसँग खेल्दैछ । चाइना टेक्सटाइल सिटी स्पोर्टस सेन्टर जिम्रेसियममा हुने खेल दिउँसो साढे १२ बजेपछि सुरु हुनेछ । इरान विश्व वरियताको दशौं तथा एसियाली वरियताको दोस्रो स्थानमा छ । समूह चरणको पहिलो खेलमा हार व्यहोरेको नेपाली टोली आजको […]
काठमाण्डौ – विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै आएको नेपाल शिक्षक महासङ्घले आज काठमाण्डौमा मार्च पास गर्दैछ । आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने महासंघले जनाएको छ । प्रदर्शनमा सहभागी हुन देशका ७७ वटै जिल्लाबाट शिक्षकहरु काठमाण्डौ आएका छन् । नेपाल शिक्षक महासङ्घको आह्वानमा राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाण्डौँ आएका […]