काठमाडौं १६ मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै काँधमा छ। तापनि, उनले मन्त्री नियुक्त गरेर जिम्मेवारी सुम्पिन सकेका छैनन्। करिब तीन महिनामा दोस्रोपटक हालै विश्वासको मत लिएका दाहालले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन दल धेरै र मन्त्रालयको संख्या थोरै भएपछि भागबन्डामा सकस देखिएको छ। कांग्रेसले १०, माओवादीले प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी र जसपा ३÷३, लोसपा […]
काठमाडौं । दलित समुदायमाथि विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न राष्ट्रियसभामा संकल्प प्रस्तावमा छलफल भएको छ । राष्ट्रियसभा सदस्य भुवन सुनार प्रस्तावक र सुरेश आले, गोपी अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, जगतबहादुर पार्की, सिंहबहादुर विश्वकर्मालगायत सांसद समर्थक रहेको संकल्प प्रस्तावमाथि छलफल भएको हो । संकल्प प्रस्तावमा संविधान र कानुनमा व्यवस्था भए अनुसार […]
यतिबेला समाजिक सँजालहरुमध्ये टिकटोक प्लेटफर्म सबभन्दा बदनाम प्लटेफर्मको रुपमा परिचित भएको छ । हुनतः फेसबुकको रिल्स, ईनस्टा रिल्सले पनि कैयौँ अनलाइन वेश्याहरु जन्माएकै हुन् । “वेश्या” भन्दैमा हेपिएको होइनन् । वेश्या एक बाध्यात्मक पेशा हो । दुई छाक टार्न, परिवार पाल्न अन्य विकल्पहरु नभएको अवस्थामा शरिर बेच्न बाध्य हुनुको पीडा भगवान कसैलाई नदियोस् । तर, […]
ताप्लेजुङ । ताप्लेजुङको फुरुम्वुमा करेन्ट लागेर एक बालक घाईते भएका छन् । सोमबार फुङलिङ नगरपालिका वडा नं– १० का तान्छोहाङ लिम्वु घर नजिकै खेल्ने क्रममा विद्युत पोलमा छुँदा करेन्ट लागेर गम्भिर घाइते भएको हो । गम्भिर घाइते भएका लिम्व फुङलिङ नगरपालिका वडा नं– १० निवासी दिपेन्द्र लिम्वुका छोरा हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार […]
विराटनगर । लागूऔषध ब्राउनसुगरसहित मोरङ प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङको उर्लाबारीबाट ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीले लागूऔषध गाँजासहित पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–६ की २० वर्षीया सोनु भुजेलले आफ्नै घरमा लागूऔषध गाँजा खरिद बिक्री गरि रहेको गोप्य सूचनाका आधारमा इप्रका उर्लाबारीबाट खटिएको प्रहरी टोलीले १ सय […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध बानेश्वरमा नाराबाजी भएको छ। मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका हुन्। कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए। तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ […]
काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै छ। बैठक मंगलबार मध्याह्न पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने पार्टी सचिवालयले जनाएको छ। विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए। जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन […]
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ। पक्राउपर्नेमा दोलखा भीमेश्वर नगरपालिका- १ चरिकोट घर भई हाल काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका- १३ माइक्रोपार्क नजिकै बस्ने ४४ वर्षीय रमेशकुमार श्रेष्ठ रहेका छन् । उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा […]
काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा। सुरेन्द्र शेरचन नियुक्त भएका छन् । उनलाई सोमबार प्रतिष्ठानका उपकुलपति डा। विश्वराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठको उपस्थितिमा शपथ खुवाइएको हो । यस अघिका रेक्टर डा. सतिसकुमार देवले राजीनामा दिएपछि स्वास्थ्य मन्त्रालयले […]
काठमाडौं चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौं उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने […]
काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो । आयोगले सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ । आगामी वैशाख १० गते, […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुट्ने बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको सम्वाद प्रतिनिधिसभा बैठकमा सुनाएका छन् । राष्ट्रपतिको उम्मेदवारी मनोनयन (१३ फागुन) अघि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले र एमाले अध्यक्ष ओलीसँग निकै पटक सम्वाद गरेका थिए । अन्तिम अन्तिमको छलफलमा आफूले दुबै जना मिलेर कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव राख्दा […]