July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

कारोबार रकममा वृद्धि, सेयर बजारमा भने २० अंकको गिरावट

  • साझा परिवेश
  • आइतवार, चैत्र १९, २०७९ १५:५३
कारोबार रकममा वृद्धि, सेयर बजारमा भने २० अंकको गिरावट

काठमाडौं

संकटग्रस्त अर्थतन्त्रको नेतृत्व गर्नेगरी अर्थमन्त्री जिम्मा कांग्रेस नेता डा. प्रकाशशरण महतले पाएपनि त्यसलाई अर्थतन्त्रको ऐना मानिने सेयर बजार भने गिरावट भएको छ । अर्थ मन्त्रालयको जिम्मेवारी अर्थतन्त्रका जानकार समेत रहेका कांग्रेस नेता डा. महतले पाएपछिको पहिलो कारोबार दिन नै सेयर बजार परिसूचक नेप्सेमा १.०५ प्रतिशतको गिरावट भएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा २० अंकको गिरावट हुँदा १८८८.५५ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा गिरावट हुँदा नेप्से दोहोरो अंकले घटेको छ । व्यापार उपसूचक सर्वाधिक २.५८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.६३ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक १.०८ प्रतिशतले गिरावट भएको हो ।
गत सातको अन्तिम दुई कारोबार दिन लगातार १ अर्बबाट तल झरेको कारोबार रकम आइतबार भने बढेको छ । गत बुधबार ८२ करोड र बिहीबार करिब ९० करोडको कारोबार भएको बजारमा आइतबार १ अर्ब २० करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । ३२ हजार ४१४ वटा कारोबारमा ३७ लाख ८७ हजार २४१ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा उक्त रकमको सेयर कारोबार भएको हो ।

आइतबार नेप्सेमा कारोबार भएकामध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ५ करोड ६ लाखको सेयर कारोबार हुँदा शिवम् समेन्टको ४ करोड ५१ लाख र रिडी पावर कम्पनीको ३ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार सेयर बजारमा २१६ कम्पनीको सेयर कारोबार भएकोमा १८९कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २३ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ४ कम्पनीको सेयरमूल्य स्थिर छ । आइबार कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा जीवन विकास लघुवित्तको सेयरमूल्य ४.८७ प्रतिशत र स्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य २.५० प्रतिशतले वृद्धि भएको छ ।

स्वाभीमान लघुवित्तको सेयरमूल्य ९.६१ प्रतिशतले गिरावट हुँदा कालिका लघुवित्तको सेयरमूल्य ७.४९ प्रतिशत र विजय लघुवित्तको सेयरमूल्य ६.६९ प्रतिशतले गिरावट भएको छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १९, २०७९ १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्