इनरुवा । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहको सरुवा अटेर गर्दै आएक छन् । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहको भदौ १९ गते मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशले सरुवा गरेका थिए । उनले हाल सम्म पहुँच र पावरको धाक देखाउदै रवाना पत्र बुझेको छैन् । कानुनतः सरुवा भएको व्यक्ति २१ दिन भित्र […]
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ । खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत कीर्तिपुर पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाली क्रिकेटरको हौसला बढाउन कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेको उनका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले […]
काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रदेश प्रमुखहरूले भेटेका छन्। काठमाडौं आएका प्रदेश प्रमुखहरूले आज प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका हुन्। प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ। भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।
काठमाडौं मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले तेस्रो नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी गर्ने भएको छ। प्रदर्शनी चैत्र १०,११ र १२ गते भृकुटीमण्डपमा हुनेछ। प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने जनाइएको छ। नेपाल फाइभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ्सँग सरोकार राख्ने […]
न्युयोर्क न्युयोर्कस्थित सिग्नेचर बैंक बन्द भएको छ। सिलिकन भ्याली बैंक बन्द भएको दुई दिनपछि अर्को अमेरिकी बैंक बन्द भएको हो। सिग्नेचर बैंकले क्रिप्टो उद्योगको ठूलो ऋणदाताका रूपमा परिचित छ। बैंकिङ संकट रोक्न भन्दै नियामक निकायहरूले सो बैंक बन्द गरेका हुन्। ट्रेजरी, फेडेरल रिजर्भ बैंक र द फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनल (एफडीआईसी)ले संयुक्त रूपमा जारी गरेको […]
टोकियो युटुबरबाट सांसद बनेका जापानका एकजना सांसदलाई संसद्मा प्रवेश गर्नै नपाई निष्कासन गरिएको छ। यसरी निष्कासनमा पर्ने उनी जापानको पहिलो सांसद बनेका छन्। योशिकाजु हिगाशितानीलाई सिनेटका उनका सहकर्मीहरूले काममा नआएको भन्दै मङ्गलबार निष्कासन गरेका हुन्। सात महिनाअघि सांसदमा निर्वाचित भएदेखि उनी एक दिन पनि संसद्को बैठकमा गएका थिएनन्। लगातार अनुपस्थित भएका कारण संसदको अनुशासन समितिले […]
बुटवल चार वर्षदेखि रोकिएको २२औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा चैत ४ गतेदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने छ । दुई विभागीयसहित ८ टिमले भाग लिएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ […]
काठमाडौं काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा ‘काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल’गठन भएको छ। बालाजु बाइसधाराको सभा कक्षमा बसेको उपप्रमुख÷उपाध्यक्षहरुको पहिलो बैठकले सञ्जाल गठन गरेको हो। ‘कानुनले उपप्रमुख÷उपाध्यक्षलाई दिएका अधिकारका बारेमा समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरुपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान गर्ने, असल अभ्यास र सिकाइ […]
काठमाडौं बैंकहरूले आज १ चैत गतेदेखि मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर घटाएका छन् । फागुनमा बचतमा ६.४२ देखि ८.४२ प्रतिशत ब्याज दिएका बैंकहरूले चैतदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका हुन् । बैंकहरूले रेमिट्यान्स बचत र मुद्दतीमा भने १ प्रतिशत बिन्दुले थप ब्याजदर दिनुपर्ने राष्ट्र बैंकको व्वस्था अनुसार सोही ब्याजदर प्रकाशित गरेका […]
काठमाडौं उपप्रधानमन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन भोलि कतारको दोहा जाने भएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भनिए पनि उनको भ्रमण स्थगित भएपछि मन्त्री श्रेष्ठ दोहा जाने तय भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार श्रेष्ठ ५ देखि ९ मार्चसम्म दोहामा आयोजना […]
काठमाडौं ः महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिट दरपीठ भएको छ। राष्ट्रपतिमा पुरूष निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा महिला हुनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले सोमबार सर्वोच्चमा रिट निवेदन दिएकी थिइन्। सो रिटमाथि अध्ययनपछि सर्वोच्चका रजिष्टारले दरपीठ नगर्न भनेका हुन्। सर्वोच्चका प्रवक्ता विमल पौडेलले उपराष्ट्रपतिमा महिला उम्मेदवार बनाउन माग गरिएको रिट निवेदन दरपीठ भएको अन्नपूर्णलाई […]
काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकारको कोणबाट हेर्दा मृत्युदण्ड दिने कानुनको पक्षमा जान नहुने बताएका छन्। मंगलबार राष्ट्रिय मानव अधिकार तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले नेपालीहरू मृत्युदण्डको पक्षमा जान नहुने धारणा राखेका हुन्। ‘कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान हुँदैन। मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ […]