पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका फरेन्सिकविद् डा. तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताइन् । छ जनाको शव अब ‘डिएनए’ परीक्षणबाट […]
काठमाडौं ।। साझा परिवेश डट कमका कार्यकारी सम्पादक खगेन्द्र घिमिरेलाइ ज्यान मार्ने धम्की आएपछि धम्की दिनेबिरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरिएको छ । पत्रकार मुक्ति पौडेल र खगेन्द्र घिमिरेलाई ज्यान मार्ने धम्की दिनेबिरुद्ध शनिबार प्रहरीमा किटानी जाहेरी दिएको हो । समाचार लेखेकै विषयलाई लिएर टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिने मेचीनगर नगरपालिका ४ बाहुनडाँगीका विकास प्रधान, […]
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पृथ्वीजयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चियापानका लागि राजनीतिक दलका नेता तथा सांसदलाई उपस्थितिका लागि आग्रह गरेका थिए। भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पत्रसमेत पठाएको छ।
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले पूर्ववर्ती सरकारले गरेका सम्झौता र सहमतिअनुुसार देशका विभिन्न स्थानमा भएका राजनीतिक संघर्षका क्रममा पक्राउ परेका वा जेल परेकालाई कानुन बनाएर रिहा गर्ने बताएका हुन् । रेशम चौधरी अन्यायमा […]
काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन्। विश्वासको मत लिने अघिल्लो दिन लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो। लोसपाले विश्वासको मत दिने नदिने निर्णय लिने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो। प्रतिनिधिसभामा लोसपामा चार सांसद छन्। नेपालको […]
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन्। आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका थिए। नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए […]
काठमाडौं। रुपन्देहीबाट पाल्पा गइरहेको ग १ ख ४९७७ नम्बरको बस गए राति पाल्पाकै रैनादेवी छहरा- ८ खुर्सानेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको प्रहरीले […]
काठमाडौं । भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज १५ पुसदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने भएका हुन् । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल […]
विराटनगर । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकालाई वन क्षेत्रमा साबुन उद्योग निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको छ । धरान उपमहानगरपालिकाले कार्यपालिका निर्णयका आधारमा धरान- २० मा पर्ने जलकन्या सामुदायिक वनको जग्गामा सावुन उद्योग निर्माणको काम सुरु गरेको थियो । मेयर हर्क सम्पाङले वनको जग्गामा वातावरणीय प्रभाव मूल्यांकन नगरी काम सुरु गरेपछि जिल्ला वन कार्यालय […]
मलङ्गवा। बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ। आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ। बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन्। मङ्सिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो। एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो […]
झापा शिवसताक्षी नगरपालिकाका मौरीपालक किसानहरु मौरी चराउन मोरङ जाँदा मौरीको टोकाइबाट एकजनाको मृत्यु भएको छ । मोरङको कानेपोखरी–५ स्थित भौंसाबारी चोकमा मौरीको टोकाइबाट पूर्व शिक्षक ८४ बर्षीय टिकाराम भट्टको मृत्यु भएको हो भने अन्य चार जना घाइते भएका छन् । कानेपोखरी वडा नं–५ निवासी भट्ट बयरवन बजारस्थित जनता आधारभूत विद्यालयका पूर्वशिक्षक थिए । भौसाबारी चोकमा […]
काठमाडौं ,मंसिर १९ – स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस सोमबार(आज) संगीतकर्मीहरुले बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । आस्था कला केन्द्रको आयोजनामा ’सम्झनामा नारायण गोपाल ’ कार्यक्रम आस्थाको हलमा आयोजना गरिएको छ । कार्यक्रमलाई नारायण गोपाल संगीत कोषका महासचिब दीपक केसी द्वारा पानसमा बत्ति बालेर शुभारम्भ गर्नुभयो । साथै स्वर सम्राट […]