काठमाडौं- लागु औषध (गाँजा)सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको छ। आइतबार न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले जिल्ला अदालत बागलुङको तीन वर्ष छ महिना कैद फैसला सदर गर्दै घर्तीलाई थप ५० हजार जरिवानाको फैसला गरेको अदालतका […]
काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गर्ने कृष्ण पहाडीसहित १३ जना मानव अधिकारवादी पक्राउ परेका छन् । मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा भएको विरोध प्रदर्शनमा सहभागीहरू पक्राउ परेका हुन् । प्रदर्शनमा सहभागीहरूले निषेधित क्षेत्र तोडेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । असोज २१ गतेदेखि कैद माफी लगायत विभिन्न १० बुँदे माग […]
नेपालगन्ज, असोज २२ गते । नेपालगन्जको अवस्था पहिलेजस्तै सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो लगाउँदै आएको निषेधाज्ञाको समय पनि घटाइएको छ । नगरको अवस्था सामान्य भएपछि नेपालगन्ज उपमहानगरपालिकामा दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञा र राति लगाइएको कर्फ्यु दिन प्रतिदिन खुकुलो बनाउँदै लगिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रशासन कार्यालयद्वारा सोमवार जारी […]
काठमाडौं– सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १७७ चिकित्सकले एकैपल्ट सामूहिक बिदा मागेका छन्। बिदा माग्नेमा सिनियर रेजिडेन्ट, एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसरलगायत छन्। चिकित्सकले इमेलमार्फत प्रतिष्ठानका विभागीय प्रमुख र प्रशासनमा बिदाको निवेदन दिएका हुन्। नन् मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकको करिब ७ वर्षदेखि रोकिएको बढुवा प्रक्रियाबारे प्रतिष्ठानका पदाधिकारीले माग सम्बोधन […]
स्याङ्जा, असोज २२ गते । भीरकोट नगरपालिका–२ केगाँमा भिनाजुको कुटाईबाट घाइते सालाको मृत्यु भएको छ । ७२ वर्षीय भिनाजु ठग बहादुर विकको कुटाइले तीन महिना पहिला घाइते भएका बिरुवा ७ सपौदेका ४५ वर्षीय मनबहादुर विकको मृत्यु भएको हो । मनबहादुर लामो समयबाट भिनाजुको घरमा काम गरेर बस्दै आउनुभएको थियो । गत असार २२ गते मासु […]
काठमाडाैं । टेलिभिजन रियालिटी सो ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न भएकाे छ । ढाका टोपी फिल्मस्को ब्यानरमा निर्माण भएकाे रियालिटी शोको फिजिकल अडिसन काठमाडौं ज्ञानेश्वरस्थित मिड भ्याली कलेजमा सम्पन्न भएकाे हाे । अनलाइन अडिशनमार्फत सहभागिता जनाएका हजारौं प्रतियोगीहरुमध्येबाट उत्कृष्ट १०० जनालाई फिजिकल अडिशनमा लिइएकाे थियाे । जसमध्येबाट उत्कृष्ट १८ र बैकल्पिकमा ६ जना छनाैट भएका छन् […]
काठमाण्डौ – सुनको भाउ लगातार बढ्दै तोलाको १ लाख ८ हजार ६ सय रुपैयाँमा पुगेको छ । आजको यो भाउ हिजोको भन्दा तोलामा एक हजार रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा १ लाख ७ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि आज बढेको छ । तोलामा १५ रुपैयाँले बढेर […]
काठमाडौं– मध्यपूर्वमा चरमपन्थी प्यालेस्टिनी समूह हमास र इजरायलबीच लडाइँ हुँदा हालसम्म दुवै पक्षका गरी कम्तीमा ११ सय मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। चरमपन्थी समूह हमासको आक्रमणमा परेर ७०० इजरायली र इजरायली सेनाको आक्रमणबाट ४०० प्यालेस्टिनीको मृत्यु भएको अमेरिकी समाचार संस्था सीएनएनले बताएको हो। शनिबार जमिन, अकास र समुद्रबाट एकैसाथ हमासले अचानक आक्रमण […]
दरबार हत्याकाण्ड सम्बन्धी खोजको अन्वेषकहरुले भनेका छन् –‘२०३६ सालको अन्त्यमा जनमत संग्रहको पनि अन्तिम तयारी भइरहेको थियो । एक जना सुरक्षा अधिकृतले राजालाई भेट्ने समय मिलाएका थिए । आइतबारको बिहान थियो । एउटा डर लाग्दो षडयन्त्रको रुपरेखा अगाडि नै कोरिएको थियो । मतलब ती सुरक्षा अधिकारीद्वारा राजा वीरेन्द्रको हत्या गराउने योजना थियो ।’ यो आजसम्म […]
चीनको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर विश्व कीर्तिमानी आरोही तेन्जेन लामाको मृत्यु भएको छ। हिमपहिरोमा बेपत्ता भएका शेर्पाको मृत्यु भएको पुष्टि सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले गरेका छन्। तेन्जेन शनिबारदेखि तिब्बतमा पर्ने सिसापाङ्मा हिमालमा बेपत्ता थिए। ७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरोमा एक नेपाली र एक अमेरिकी आरोहीको पनि मृत्यु भएको छ। तेन्जेन […]
सरकारले इजरायलबाट फर्किन चाहने नेपालीहरुलाई स्वदेश ल्याउने भएको छ। त्यसका लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले आइतबार राति जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल […]
काठमाण्डौ – इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हराएको छ । इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले सिटीलाई १–० ले हराएको हो । आर्सनलका लागि ग्याब्रियल मार्टिनेलीले खेल सकिन चार मिनेट बाँकी हुँदा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। सिटीलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले ८ खेलबाट २० अङ्क जोडेको छ […]