भोक्राहा। सुनसरी । । भोक्राहा नरसिंह १ को शारदा माविका छात्राहरु माथि शिक्षकले कुटपिट गरेको छ । विहानको करीब ८ बजेको कक्षा संचालनको समयमा गणित बिषय शिक्षण गराउने शिक्षक अशोक मेहताले कुटपिट गरेको हो। तराईमा लगातार केही दिनको गर्मीले मानिसको जनजीवन यस्त व्यस्त बनेका छन। भने केही दिनकालागी सुनसरी लगायतका भोक्राहा नरसिंह अन्तर्गत रहेका विद्यालय […]
नेपाल प्रहरीकाे लागूऔषध नियन्त्रण व्यूराेकाे टाेलीले गाेली प्रहार गरी काठमाडाैँकाे सिनामंगलबाट एक लागूऔषध काराेबारीलाई नियन्त्रणमा लिएकाे छ। आइतबार बिहान गाेली प्रहार गरी लागूऔषध काराेबारीलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ। प्रहरीकाअनुसार ती व्यक्तिबाट एक सय ग्राम ब्राउन सुगर बरामद गरिएकाे छ। गाेली प्रहारपछि घाइते भएका ती व्यक्तिलाई उपचारकाे लागि अस्पताल लगिएकाे प्रहरीले जनायाे।
झापा । झापाको काँकरभिट्टा स्थित मेची भन्सार नाकामा आज स्थानिय महिला व्यापारीहरुले सशस्त्र प्रहरी विरुद्ध प्रदर्शन गरे । सशस्त्र प्रहरीले भन्सार नगरी सानो परिमाणमा भारतबाट नेपालमा सामान ल्याउन नदिएको भन्दै महिलाहरुले प्रदर्शन गर्दा पूर्वी नाकाको स्थिती दिनभर तनावग्रस्त बनेको हो । काँकरभिट्टा, धुलाबारी, चारअलाी, सुरुङ्गा तथा दमक उर्लाबारी लगायतका ठाँउहरुबाट महिलाहरु भारतको पानीट्याङ्कीबाट घरायसी सामानहरु, किराना […]
मेचीनगर । होटल व्यवसायी संघ मेचीनगरको अध्यक्षमा पुन सुरेश कुमार श्रेष्ठ (गोपाल) निर्वाचित भएका छन्। आज काँकरभिट्टा खानेपानीको सभाहलमा भएकाे होटल व्यवसायी संघ मेचीनगरकाे प्रथम अधिवेशनले अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन। मेचीनगरकाे प्रथम अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मानबहादुर गिरी, सचिवमा विमला तामाङ , महिला उपाध्यक्षमा दिलकुमारी श्रेष्ठ, महासचिवमा हस्तबहादुर तामाङ, र काेषाध्यक्षमा हेमराज भट्टराई निर्वाचित भएका छन्। […]
काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले उनीहरुलाई ५० […]
काठमाडौं । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका छन् । घोराही उपमहानगरपालिका–८ सौरीकी २८ वर्षिया मधु बुढाथोकी केसीको बिहीवार राति प्रतिष्ठानमा मृत्यु भएको थियो । मृतकका श्रीमान शेरबहादुर केसीले बच्चा जन्मेपछि सालनाल निकाल्ने क्रममा सुत्केरीमा मृत्यु भएको बताएका छन् । मृतकका परिवारले घटनाको अनुसन्धान हुनुपर्ने, क्षतिपूर्ति वापत ५० लाख […]
खगेन्द्र खरो काठमाडौं ।। देशको राजधानी काठमाडौंलाई ज्याकारान्डा फुलले ढपक्क ढाकेको छ । यो वसन्त ऋतु हो । बसन्त ऋतुमा वन जङ्गल मात्र होइन, सहर पनि केहि मात्रामा सजिन्छन् । वसन्त ऋतु सँगै वन जङ्गल मात्र होइन, सहर पनिसजिन्छन् । गर्मी बढेसँगै बोटबिरुवाहरुको पालुवा र मुना पलाउँदै फुलहरु फुल्न थालेका छन् काठमाडौं सहर धेरैले यो […]
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई चार दिन हिरासतमा राख्न आदेश दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्न आदेश दिएको हो । बुधबार बिहान घरबाटै पक्राउ परेका खाँणलाई चार दिन हिरासतमा राख्न आदेश दिएको काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्ष […]
काठमाडौं । कक्षा १२ मा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले अबदेखि तीनपटक मात्रै ग्रेडवृद्धिका लागि परीक्षा दिन पाउने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । “नियमित वा ग्रेडवृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नकेका परीक्षार्थीले जुन विषयमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेको हो, सोही विषयमा मात्र तीन […]
नेताहरुमा शिलान्यास मोह कस्तो हुन्छ र नेताले जे गरेपनि भेडा कार्यकर्ताहरुले ताली पड्काउन कति माहिर हुन्छन् त्यसको नमूना सोमवार प्रदेश १ स्थित सुनसरीको इनरुवामा देखिएको छ । सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीको शिलान्यास इच्छा पुरा गर्न सुनसरी क्षेत्र नम्बर २ को विकासे आयोजनालाई क्षेत्र नम्बर ४ मा जोडेर […]
लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बैशाख १८ गते सोमबार विश्वासको मत लिने भएका छनु। शुक्रबार बसेको पहिलो मन्त्री परिषद् बैठकले सोमबार विश्वासको मत लिने निर्णय गरेको मन्त्री सन्तोषकुमार पाण्डेयले बताए। पहिलो बैठकले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै त्यसको बजारीकरण गर्ने प्रदेशमा रहेका विभिन्न बस्तुको उपयोग गर्दै कार्यकाल अवधिमा दुई लाख रोजगारी सिर्जना गर्ने […]
काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मत गणना रोकिएको छ । मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि डेढ घण्टादेखि मतगणना रोकिएको हो । ‘सुरुमा नेकपा एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडे, त्यसपछि म पनि किन बस्ने भनेर जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाह पनि […]