April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज यूएईसँग भिड्दै नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक किलो सुन बरामद मधेसमा माओवादीले फेर्‍यो मन्त्री अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले बढ्याे सेयर बजार दोहोरो अंकले घट्यो सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी एमाले र माओवादीले कोशीमा पेश गरे संकल्प प्रस्ताव सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी अशोक दर्जीलाई लिएर ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउदै मनकामना केबलकार भोलि बन्द हुने कोशीका मुख्यमन्त्री कार्की अल्पमतमा : ६० सांसद प्रतिपक्षमा बस्दा सत्तापक्षमा ३३ जनामात्रै मोरङमा भेला र प्रदर्शन गर्न रोक शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत ‘मनसरा’को ट्रेलर सार्वजनिक एन्फा उपाध्यक्ष दावा लामा छुटे एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ?

आहा ! वाह ज्याकारान्डा ! सजियो काठमाडौं

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २९, २०८० ११:२0
आहा ! वाह ज्याकारान्डा ! सजियो काठमाडौं


खगेन्द्र खरो
काठमाडौं ।। देशको राजधानी काठमाडौंलाई ज्याकारान्डा फुलले ढपक्क ढाकेको छ । यो वसन्त ऋतु हो । बसन्त ऋतुमा वन जङ्गल मात्र होइन, सहर पनि केहि मात्रामा सजिन्छन् । वसन्त ऋतु सँगै वन जङ्गल मात्र होइन, सहर पनिसजिन्छन् । गर्मी बढेसँगै बोटबिरुवाहरुको पालुवा र मुना पलाउँदै फुलहरु फुल्न थालेका छन् काठमाडौं सहर
धेरैले यो फूललाई शिरिषको फूल भन्छन् । तर यो फूलको असली नाम ज्याकारान्डा हो । यो फूल ४९ प्रजाति भन्दा धेरै रहेको छ । वसन्त ऋतृको आगमनसँगै यतिबेला काठमाडौँ उपत्यका तथा बाहिर ‘ज्याकारान्डा’ फूल फुलेको देख्न सकिन्छ ।
दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदबारसहितका क्षेत्रमा ठूला रुखहरु नीलो भएका छन् । बैजनीमा नीलो रंग मिसिएपछि बन्ने फरक नीलो रंग वा फरक बैजनी रंगको फूलले मौसम नै रंगिन बनाएको छ । रुखबाट झरेका फूलहरुले वरपरको बाटो पनि रंगिन छन । बढ्दो गर्मीले गर्दा उपत्यकाको बाटोमा ढकमक्कै फुलेका यी फूलहरुले जो कोहि पनि मान्छेहरुका मनलाई प्रफुलित बनाएको छ ।
काठमाडौं उपत्यकामा पनि वसन्तको बहार पोखिएको छ। यो वेला सडकका दायाँ–बायाँ ज्याकारान्डा फूलले उपत्यकामा बैजनी सौन्दर्य पस्किरहेका छन्। साथमा बेगनबेली लगायत विविध फूलको महक पनि छ। प्रकृतिप्रेमी र सौन्दर्य पारखीका लागि शहरमा हरियाली फर्किए झैं भएको छ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २९, २०८० ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।