गए राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैन ले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिए। लक्ष्मीपूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटका जैनको घरपछाडि रहेको रुखको बोटनजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन्। आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा […]
तिहारको तेस्रो दिन आज गाईपूजा गरिँदैछ । कात्तिक कृष्ण औंसीको दिन गाई तिहार मनाईंदैछ । हिन्दूहरुले परापूर्वकालदेखि नै गाईलाई पवित्र मानेर पूजाआजा गर्दै आएका छन् । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । आजको दिनलाई गाई तिहार पनि भनिन्छ । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि […]
खाेटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ बुलागैरीका भीमबहादुर कट्वालको घर जलेको छ । लक्ष्मी पूजाको दिन हिजो मिटर बक्सबाट विद्युत् सर्ट भएर घरमा आगलागी भएको हो । आगलागीबाट २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । मिटरबक्स नजिकै बलिरहेको बत्ती एक्कासी पड्किएर बिजुली सर्ट हुँदा तीन तले घर तथा घरमा भएका सामग्री […]
काठमाडौं । गीतकार तथा समाजसेवी पदमा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित`भूईँ सोरी´ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन । शान्तिराम राईको संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि बीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । […]
मेष–सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ।रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।प्रतिष्ठित काम गर्ने मौका छ । वृष–प्रशंसकहरू बढ्नेछन् […]
बर्दिया – बर्दियामा जरायाेकाे ४० किलाे सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जकाे सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले बराहताल गाउँपालिका-१ तेलपानीबाट उनीहरुलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका-१, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्र बहादुर वली र दिलबहादुर वली रहेका […]
काठमाडौं । नेपाली सेनाको ‘मोची’ पदमा कार्यरत एक कर्मचारी नक्कली नोट कारोबार गरेको अभियोगमा पक्राउ परेका छन्। सेनाको पुरानो गोरख गण नारायणहिटीमा कार्यरत विरेन्द्र कुमार रामलाई प्रहरीले नक्कली नोट सहित पक्राउ गरेको हो। उनी विरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भइसकेको छ। प्रहरीसँगको बयानमा उनले साहुको ऋण तिर्नको लागि नक्कली नोटको कारोबारमा लागेको बयान […]
काठमाडौँ। आज साँझ देशैभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ । लक्ष्मीपूजाको रातलाई […]
काठमाडौं- लुम्बिनी प्रदेश सरकारले १३ वटा अस्पताल विकास समितिका अध्यक्ष नियुक्त गरेको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयले २ प्रादेशिक अस्पताल र ११ वटा जिल्ला अस्पतालको विकास समिति अध्यक्ष नियुक्त गरेको हो। को-को भए नियुक्त? दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठ […]
काठमाडौं– सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा संगठित रुपमै बिजुली चोरी भइरहेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरले आइतबार, सोमबार, मंगलबार र बुधबार बलरा नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैरकानुनी रुपमा बिजुली प्रयोग गरिरहेको फेला पारेको हो। प्रादेशिक कार्यालय जनकपुरले नमुनाका रुपमा १ सय ग्राहकको सिंगल तथा थ्री […]
काठमाण्डौ – नेपाल सशस्त्र प्रहरी बलले कुकुर तिहारको अवसरमा कुकुर पूजा गरेको छ । नेपालीहरुको महान चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइने गरिन्छ । हरेक नेपालीहरुको घर आँगनमा कुकुरको पूजा गरिन्छ । कुकुरलाई फूल, माला र टीका लगाइदिएर खानेकुराहरु दिइ पूजा गर्ने परम्परा रही आएको छ । सशस्त्र प्रहरी बल बलम्बुका पशु स्वास्थ्य […]
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुन तोलामा एक हजार रुपैयाँ घटेको छ । छापावाल सुन तोलाको एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार तोलाको एक लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन तोलामा […]