आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटमा नेपालका अभिनाश बोहराले सातौँ सफलता दिलाए जारी खेलको १५ ओभर सकिँदा ओमानले सात विकेट गुमाएर १०१ रन बनायो काठमाडौं ।। आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध नेपालका अभिनाश बोहराले सातौँ सफलता दिलाएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको ओमानले १५औँ ओभरमा कप्तान जिसान मक्सुदलाई गुमाएको […]
डिसहोम फाइबर नेटले काठमाडौँमा जारी टि–२० विश्वकपको एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई इनाम दिने घोषण गरेको छ। डिसहोमले एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीलाई २० लाख प्रदान गर्ने घोषणा गरेको हो। त्यस्तै उसले शतक प्रहार गरेमा १० लाख, ५ विकेट लिएमा ५ लाख, अर्धशतक प्रहार गरेमा १ लाख, ३ विकेट लिएमा […]
काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दैछन् । खेल नेपाली समय अनुसार महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा दिउँसो सवा २ बजे शुरु हुनेछ । आजको खेल जित्ने टोलीले सेमिफाइनलको यात्रा निश्चित गर्ने छ । दक्षिण अफ्रिका ६ मध्ये ५ जितसहित अङ्क तालिकाको दोस्रो स्थानमा छ । न्युजिल्याण्ड ४ जितसहित तेस्रो स्थानमा […]
काठमाण्डाै – मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेकाे छ । आज मङ्गलवार भएकाे खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायाे । समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान ४ अङ्क भए पनि नेपाल नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ । मलेसियाले दिएकाे […]
आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाविरुद्ध शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले खेल सकिन १२ बल बाँकी रहँदै पूरा गरेको हो । नेपालको जितमा कुशल मल्लले […]
आइसिसी टी-२० विश्वकप छनोटमा नेपालले आज दोस्रो खेल मलेसियासँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा टस जितेको मलेसियाले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ सुरु गरेको छ । आज नेपालि टिममा कुनै परिवर्तन गरिएको छ। नेपाली टिम : रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा, विवेक यादव, […]
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी भएकाे छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले दिएकाे १ सय ४६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २ विकेट गुमाएर १६ दशमलव ३ ओभरमा पूरा गर्याे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । यस्तै, कप्तान राेहित पाैडेलले ३५ रन बनाउँदा […]
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेटमा नेदरल्यान्ड्ससँग पराजित भएसँगै बङ्लादेश विश्व कप क्रिकेट २०२३ बाट बाहिरिने पहिलो टोली बनेको छ । नेदरल्यान्ड्सले दिएको दुई सय ३० रनको सामान्य लक्ष्य पछ्याएको बङ्लादेश ४२ ओभर दुई बलमा एक सय ४२ रन बनाएर अलआउट भयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर […]
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले न्युजिल्यान्डमाथि राेमाञ्चक जित निकालेकाे छ । अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले हरायाे । अस्ट्रेलियाले दिएकाे ३ सय ८९ रनकाे विशाल लक्ष्य पछ्याएकाे न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८३ रन बनायाे । न्युजिल्यान्डका रचिन रविन्द्रले शतक बनाए । उनी ८९ बलमा १ सय १६ रन बनाएर […]
टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ। रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो। टोलीमा पूर्व कप्तान सन्दीप लामिछाने फर्किएका छन्। यस्तै क्यानले विनोद भण्डारीलाई पनि समावेश गरेको छ। एसिया क्षेत्र छनोट ३० अक्टोबरदेखि काठमाडौंमा सुरु हुँदैछ। टोलीमा कप्तान रोहित पौडेल, ओपनर तथा विकेट किपर आशिफ शेख, […]
काठमाडौं– त्रिदेशीय टी–२० क्रिकेटमा नेपाललाई ४ विकेटले पराजित गर्दै युएईले उपाधि जितेको छ। आज त्रिवि मैदानमा भएको फाइनलमा नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गरेको हो। युएईले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो। कप्तान मोहमद वासिमले पहिलो विकेट रुपमा गुल्सन झाबाट बोल्ड हुनुअघि २२ बलमा […]
काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजको उपाधिका लागि आज (शुक्रबार) नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ । बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा यूएईलाई लगातार तेस्रोपटक पराजित गर्दै सिरिजको उपाधि जित्ने योजनामा नेपाल हुनेछ । पछिल्लो सयम सानदार प्रदर्शन गर्दै आएको नेपाल घरेलु मैदानमा १५ खेलयता अपराजित छ । यूएई भने नेपालसँग […]