April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ

आईसीसी टी-२० क्रिकेट : मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १६:५४
आईसीसी टी-२० क्रिकेट : मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाविरुद्ध शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले खेल सकिन १२ बल बाँकी रहँदै पूरा गरेको हो । नेपालको जितमा कुशल मल्लले शानदार प्रदर्शन गर्दै ६४ रनको अर्धशतकीय पारी खेले । उनले ३४ बलमा ७ छक्का र २ चौकासमेत हिर्काएका थिए । त्यस्तै नेपालका ओपनर कुशल भूर्तेलले ४३ रन जोड्दा ४ चौका र ४ छक्का प्रहार गरे ।

भने अर्का ओपनर आसिफ शेखले २ छक्का र १ चौकामा ३२ रन थपे । भने कप्तान रोहित पौडेल २ रनमै आउट हुँदा सन्दीप जोराले नटआउट रहँदै २ चौकबाको मद्दतमा १८ रन थपे ।

यसअघि टस जितेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन जोडेको थियो । उसका लागि शैयद आजिजले सर्वाधिक ६८ रन बनाएका थिए । बलिङतर्फ नेपालका अभिनाश बोहराले ४ तथा सन्दीप लामिछानेले २ विकेट लिए । नेपालले आफ्नो अन्तिम अ‍ेदमा पर्सी ओमानसँग खेल्दैछ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १६:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।