फ्रान्सको संसद् भवन अगाडि विरोध प्रदर्शन गर्न रोक लगाइएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोँले संसदमा मतदान विना नै निवृत्तिभरण अर्थात् पेन्सन सुधारको घोषणा गरेपछि फ्रान्सले त्यसपछि हुनसक्ने विरोधलाई ध्यानमा राखेर संसद् अगाडि प्रदर्शन गर्न प्रतिबन्ध लगाएको हो । म्याक्रोँको सरकारले गएको बिहीवार कार्यकारी अधिकार प्रयोग गरी विवादास्पद विधेयक पारित गर्न आदेश जारी गरेपछि देशका अन्य भागमा […]
काठमाडौं । दक्षिण अमेरिकी देश इक्वेडर र पेरुमा शक्तिशाली भूकम्पमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इक्वेडरमा १३ र पेरुमा एक जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समय अनुसार हिजो साँझ ५ बजे गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि धेरै शहरका भवनहरू क्षतिग्रस्त भएका छन्। भूकम्पले भत्किएका घरमा केही मानिस […]
इस्लामावाद । पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० जनाको मृत्यु भएको हो। कोहिस्तान जिल्ला जसलाई अबसिन कोहिस्तान वा सिन्धु कोहिस्तान पनि भनेर चिनिन्छ यो एउटा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त भित्रको […]
‘एकेडेमी अवार्ड’ समेत भनिने अस्करको ९५औं संस्करण भारतीय फिल्म उद्योगका लागि ऐतिहासिक रह्यो। ‘द एलिफेन्ट ह्विस्पर्स’ ले सर्ट डकुमेन्ट्री फिल्मतर्फ अस्कर जित्यो। भारतबाटै निर्माण भएको फिल्मले अस्कर जितेको यो पहिलोपटक हो। यो डकुमेन्ट्री शिख्या इन्टरटेन्मेन्टले बनाएको हो। यो कम्पनीले हालसम्म चारवटा डकुमेन्ट्री र आधा दर्जन छोटा फिल्म निर्माण गरिसकेको छ। यसबाहेक व्यावसायिक फिल्म निर्माणमा पनि सक्रिय छ। […]
काठमाडौं । सङ्घीय संसद् नयाँ बानेश्वरमा जारी उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत दिउँसो १२ बजेसम्मको मतदानमा ६१० मत खसेको छ। सो समयसम्म सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो। निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य बोहरा, जनमत […]
काठमाडौं। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध अदालतले गिरफ्तारी दिन आग्रह गरेको छ। खानलाई पक्राउ गर्न गएको प्रहरीलाई समर्थकहरुले घेराबन्दी गरेर फर्काइदिएपछि अदालतले आफैँ उपस्थित भएर आत्मसमर्पण गर्न आदेश दिएको हो। त्यसो नगरे प्रहरीले पक्राउ गरेर उपस्थित गराउने भन्दै अदालतले गिरफ्तारीको वारेन्ट रद्द नहुने दोहोर्याएर खानमाथि दबाब बढाएको हो। इस्लामावाद उच्च अदालतमा खानको गिरफ्तारी वारेन्ट रद्द गर्न माग […]
पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले बिहीबार पूर्व प्रधानमन्त्री इमरान खानले अदालतको आदेश नमान्ने हो भने नयाँ रणनीति बनाउने बताउनुभएको छ। एक निजी समाचार च्यानलसँगको कुराकानीमा उनले इमरान खानले अदालतको आदेशको सम्मान गर्नुपर्ने र सार्वजनिक समय खेर फाल्ने तरिका अपनाउन नहुने बताउनुभयो । राणा सनाउल्लाहले पिटिआई प्रमुख इमरान खानले देशमा अशान्ति फैलाएर राजनीतिक फाइदा उठाइरहेको आरोप लगाएको […]
काठमाडौं उपराष्ट्रपति चयनका लागि जारी मतदानमा किरियापुत्री सांसद प्रकाश बरालले मतदान गरेका छन्। आफ्ना बाबुको निधनमा किरियामा बसेका गण्डकी प्रदेश सभाका सांसद बराल उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि काठमाडौं आएका हुन्। बरालका पिता लोकनाथको २६ फागुनमा निधन भएको थियो। काजकिरियाकै पोसाकमा सांसद बराल बुद्ध एयरको जहाजमार्फत शुक्रबार बिहान काठमाडौं आएका हुन्। कास्की ३ (ख) बाट विजयी […]
काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन आज बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको थियो । तर निर्वाचन आचारसंहिता लगायतका कारण बैठक स्थगित भएको महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो । […]
काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा […]
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण देखिन थालेको हो । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा छ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । यो तथ्याङ्कमा केही दिन अघिका कोरोना सङ्क्रमितको सङ्ख्यासमेत समेटिएको निर्देशनालयले जनाएको […]
पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा रुपा गाउँपालिका–४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना छन् । सामान्य घाइते अवस्थामा रहेका उनीहरूको उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा ल्याइएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले जानकारी दिए पछि चितुवा मृतावस्थामा फेला परेको उनले […]