
श्री दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कारर्यरत महेश शाहमाथि विशेष अदालतमा मुद्दा दायर काठमाडौं, असोज १२ गते । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै कैलालीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कारर्यरत महेश शाहमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । घोडाघोडी नगरपालिका२ साडेपानीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत शाहमाथि […]
काठमाण्डाै – सुनको भाउ आज १ हजार ४ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको भाउ लगातारजसो घटिरहेको छ । यस्तै, आज चाँदीको भाउ […]
सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने विभिन्न प्राविधिक पक्षहरू रहेकाले केही समय लाग्ने काठमाडौं ।। नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन् । मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औँ वार्षिक साधारणसभामा बोल्दै कार्यकारी […]
राष्ट्रिय सभाको बैठक फेरि ६ दिन पछाडि सर्यो सूचना जारी गरी १८ गतेका लागि बस्ने जानकारी १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक तोकियो काठमाडौं ।। राष्ट्रिय सभाको बैठक फेरि ६ दिन पछाडि सारिएको छ । यसअघि १२ असोजमा बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी १८ […]
२१८६ नम्बरको जिप मङ्गलबार बिहान दुर्घटना हुँदा चालकसहित १३ जना यात्रु घाइते ताप्लेजुङ जिल्ला अस्पतालमा सामान्य अवस्थामा उपचार ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तेह्र जना यात्रु घाइते भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेको भित्री सडकमा मे १ ज २१८६ नम्बरको जिप मङ्गलबार बिहान दुर्घटना हुँदा चालकसहित […]
काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल अहिले चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परीक्षण उनको सोही गोदामबाट ठूलो परिमाणमा दाल पनि बरामद काठमाडौं ।। वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको छ । कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको […]
गैंडा मारेको अभियोगमा दोषी ठहर भएका चार जना २५ वर्षपछि पक्राउ २०५५ साल कात्तिकमा गैडा मारी खाग काटेर लागेको अभियोग चितवन ।। चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मारेको अभियोगमा दोषी ठहर भएका चार जना २५ वर्षपछि पक्राउ परेका छन् । २०५५ साल कात्तिकमा गैडा मारी खाग काटेर लागेको अभियोगमा १० वर्ष कैद र एक […]
नेपाल र मित्र राष्ट्र चीनबीच १३ बुँदे सम्झौता प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा १३ बुँदे सम्झौतामा हस्ताक्षर औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराउने तयारी काठमाडौँ ।। नेपाल र मित्र राष्ट्र चीनबीच १३ बुँदे सम्झौता भएको छ। सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा १३ […]
प्रचार सामग्रीमा विदेशी कलाकारको फोटो प्रयोग नगर्न निर्देशन कलाकार वा व्यक्तिको फोटोमात्रै प्रयोग गर्न विज्ञापन बोर्डले सूचना बोर्डले त्यस्ता फोटोहरू प्रयोग भएको भए हटाएर नियमानुसार राख्न अनुरोध काठमाडौं ।। सरकारले होडिङ बोर्ड वा अन्य प्रचार सामग्रीमा विदेशी कलाकारको फोटो प्रयोग नगर्न निर्देशन दिएको छ । होडिङ बोर्ड, सवारी साधन वा अन्य कुनै माध्यममा विज्ञापन गर्दा […]
जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना राष्ट्रपतिले पहिलोपटक जानकी मन्दिरमा विशेष पूजा अर्चना गरे जनकपुरधाम उपमहानगरपालिले नागरिक अभिनन्दन तय गर्ने जनकपुरधाम ।। राष्टप्रति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनले जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन् । राष्ट्रपति पौडेलले जनकपुरधाम […]
विराटनगरमा स्ट्रीट फेस्टिबल आयोजना गरिने विराटनगरमा दशैको अवसरमा स्ट्रीट फेस्टिबल आयोजना गरिने भएको छ । मञ्जिना मुभिज क्रिएसन र भाजू युवराज फाउण्डेसनले असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म दशैं स्ट्रीट फेस्टिबल आयोजना गर्ने भएको हो । विराटनगरको हिमालय रोडमा आयोजना हुने फेस्टिबलमा जातिय पहिचानसहितका परिकारहरु प्रदर्शनीमा राखिने आयोजक संस्था मन्जिना मुभिज क्रिएसनका सञ्चालक जतिन ताम्रकारले […]
बझाङमा एक जनाको हत्या आरोपीको खोजी कार्य हुँदै बझाङ।। बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या भएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार बिजुली शुक्रबार साँझ साढे ७ […]