November 29, 2023 | बुधबार, मंसिर १३, २०८०
सुचनाहरु
कोशी प्रदेशको बजेट सर्वसम्मतले पारित युएई जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति मुख्यमन्त्रीद्वारा फेवातालको मापदण्डका लागि समिति गठन किओच दमक बाल अस्पतालमा निरन्तर सेवा विस्तार, ६ बेडको एनआइसियु कक्ष सुचारु माता पाथीभराको दर्शन गर्दै हेर्नुहोस वि.सं. २०८० मंसिर १४ गते बिहिबारकाे राशिफल पर्यटकको आँखामा बस्न सफल बेलुढुङ्गा आर्थिक चुनौतीलाई देखाउँदै आजियाटाले गर्‍यो नेपालबाट बाहिरिने घोषणा रास्वपाले सबै सांसदलाई केन्द्रीय सदस्य बनायो रास्वपाको राजनीतिक दस्तावेज पारित सुनको मूल्य निरन्तर उकालो विद्यार्थीको आम्दानीको भरपर्दो स्रोत बन्दै शेयर बजार भाटभटेनी सुपरमार्केटको कर्पोरेट टावर शुभारम्भ सिरहामा श्रीमान र ससुराद्वारा २ महिलाको हत्या परराष्ट्रमन्त्री विपिन जोशीको लागि कतार जाँदै कोशीको बजेटबाट खर्च कटाउन एमाले र राप्रपाद्वारा प्रस्ताव दर्ता टिकटक पुरै बन्द भएको न भएको बारे २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दूरसञ्चार प्राधिकरणको निर्देशन कैलालीमा कुटाकुट गरेर १ को ज्यान गयो ७ जना पक्राउ यि कुरा घरमै सिकाइयो भने बच्चाले पनि गर्न सक्छ नेतृत्व सर्वोत्तमको आईपीओको लागि १८ हजार ४५ रुपैयाँ चाहिने सुनको भाउको नयाँ रेकर्ड

उम्मेदवारको खर्च विवरण प्रहरी र राष्ट्रिय अनुसन्धानले संकलन गर्ने

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १0:३४
उम्मेदवारको खर्च विवरण प्रहरी र राष्ट्रिय अनुसन्धानले संकलन गर्ने

निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको निर्वाचन खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत संकलन गरिने भएको छ। आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठकले सो निर्णय गरेको हो।

उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको र निर्वाचन आचारसंहिता पालना भए नभएको सम्बन्धमा तल्लो तहबाट नै निगरानी गर्नुपर्ने भएकाले सो व्यवस्था मिलाउन लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा गरेको खर्च तथा आचारसंहिता पालनाको सम्बन्धमा गहन तथा सूक्ष्म रूपमा अध्ययन तथा निगरानी गरी निर्वाचन आचारसंहिता, २०७३ को दफा ४९ बमोजिम आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई लेखी पठाउने निर्णय गरेको आयोगले जनाएको छ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १0:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।