July 15, 2025 | मङ्लबार, साउन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विश्वकै सर्वाधिक धनाढ्य व्यक्तिमा नेपालका विनोद चौधरी फोर्ब्सको सूचीमा १७६४ औं स्थानमा

  • साझा परिवेश
  • बिहिबार, चैत्र २२, २०८० १0:४२
विश्वकै सर्वाधिक धनाढ्य व्यक्तिमा नेपालका विनोद चौधरी फोर्ब्सको सूचीमा १७६४ औं स्थानमा

न्युयोर्क। फोर्ब्स पत्रिकाले यस वर्षको धनाढ्यहरूको सूची सार्वजनिक गरेको छ। फोर्ब्स धनाढ्यको ३८औं वार्षिक सूचीमा विश्वभरका २ हजार ७ सय ८१ अर्बपति परेका छन्। सूचीमा अघिल्लो वर्षभन्दा १ सय ४१ जना नयाँ अर्बपति थपिएका हुन्। विश्वका अत्याधिक धनीहरू पहिलेभन्दा अझै धेरै धनी भएका छन्। उनीहरूको संयुक्त सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ।

यस वर्षको सबैभन्दा धनाढ्य व्यक्ति बर्नार्ड अर्नाल्ट हुन्। उनी लगातार दोस्रो वर्षका लागि पहिलो स्थानमा परेका छन्। सेफोरा र लुइस भिट्टनलगायतका फेसन र सौन्दर्य प्रशाधनका ब्रान्डका साथै फ्रान्सेली लक्जरी सामानका उत्पादक अर्नाल्टको कुल सम्पत्ति २३३ बिलियन अमेरिकी डलर छ।

सूचीको दोस्रो नम्बरमा अमेरिकी अर्बपति एलन मस्क परेका छन्। ५२ वर्षीय मस्कको विद्युतीय गाडी कम्पनी टेस्ला, रकेट निर्माण कम्पनी स्पेस एक्सलगायतका ६ वटा कम्पनी छन्। उनको कुल सम्पत्ति १९५ बिलियन अमेरिकी डलर छ। ६० वर्षीय जेफ बेजोस अर्बपतिको सूचीमा तेस्रो भएका छन्। अमेरिकी नागरिक बेजोस प्रविधिको क्षेत्रमा संलग्न छन्। उनको कुल सम्पत्ति १९४ बिलियन अमेरिकी डलर छ। बेजोसले ई–कमर्स कम्पनी एमाजोन सन् १९९४ मा स्थापना गरेका हुन्।

फेसबुकका मालिक मार्क जुकरबर्ग १७७ बिलियन डलरसहित चौथो भएका छन्। ३९ वर्षीय जुकरबर्गले सन् २००४ मा फेसबुकको सुरुवात गरेका हुन्।
प्रविधिको क्षेत्रका अर्का अर्बपति ल्यारी इलिसन फोर्ब्सको सूचीमा पाँचौं नम्बरमा परेका छन्। सफ्टवेयर कम्पनी ओर्‍याकल कर्पोरेसनका मालिक इलिसन ७९ वर्षका भए। यी अमेरिकी नागरिकको कुल सम्पत्ति १४१ बिलियन डलर छ।

विश्वभरका छैटौं धनाढ्य वारेन बफेट बनेका छन्। ९३ वर्षीय बफेटको कुल सम्पत्ति १३३ बिलियन डलर छ। त्यसैगरी अमेरिकाका बिल गेट्स र स्टिभ बलमर क्रमशः सूचीमा सातौं र आठौं धनाढ्य भएका छन्। ६८ वर्षीय गेट्सको कुल सम्पत्ति १२८ बिलियन डलर छ भने सोही उमेरका बलमरको सम्पत्ति १२१ बिलियन डलर छ।

भारतीय अर्बपति मुकेश अम्बानी सूचीको नवौं नम्बरमा पर्न सफल भएका छन्। रिलायन्स इन्टष्ट्रिजका मालिक अम्बानीको कुल सम्पत्ति ११६ बिलियन डलर छ। सूचीको दसौं नम्बरमा ल्यारी पेज परेका छन्। ५१ वर्षीय पेजको कुल सम्पत्ति ११४ बिलियन डलर छ।

नेपालका एक मात्र अर्बपति विनोद चौधरी फोर्ब्सको सूचीमा १७६४ औं स्थानमा परेका छन्। उनको कुल सम्पत्ति १.८ बिलियन अमेरिकी डलर छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २२, २०८० १0:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट