sweet bonanza
साझा परिवेश
gif
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
साझा परिवेश
  • गृहपेज
  • समाचार
  • राजनीति
  • निर्वाचन
  • बजार
  • विचार/ब्लग
  • देश/प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा/स्वास्थ्य
  • मनोरञ्जन
    • बलिउड/हलिउड
    • गीत संगीत
    • रङमन्च
  • खेलकुद
  • राशिफल
ट्रेन्डिङ :
  • अदालत
  • लगानी सम्मेलन
  • आर्थिक अभाब
  • वैदेशिक लगानी
  • शेयर कारोबार
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापा-१ मा विश्वप्रकाश र अग्निको रोचक भिडन्त

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ ११:३३
झापा-१ मा विश्वप्रकाश र अग्निको रोचक भिडन्त

 

राजु अधिकारी । झापा । धुलाबारीमा गत मंगलबार आयोजित सत्ता गठबन्धनको चुनावी कार्यक्रममा माओवादी नेता राम कार्कीले कांग्रेसबारे एउटा टिप्पणी गरे ।

उनको टिप्पणीमा उपस्थित कार्यकर्ताले हाँसोसहित तालीले समर्थन जनाए ।

कार्कीले भनेका थिए, ‘कांग्रेस प्रशस्त क्षेत्रफल र खेतीपाती भएको पार्टी हो । तर, यसले फसल भने कहिल्यै पूरा भित्र्याउन पाउँदैन । यसको बालीमध्ये अलिकति बाख्राले खाइदिन्छ, अलिकति अर्को केले खाइदिन्छ । किरा फट्याङ्ग्राले पनि खाइदिन्छ । अलिकति बालीमा कालीपोके लाग्छ । भित्र्याउने बेलामा उसको भागमा थोरै मात्रै हात पर्छ ।’

पुरानो र ठूलो संगठन, उत्तिकै धेरै समर्थक भएर पनि चुनावी सफलतामा भने कांग्रेस चुक्ने गरेको टिप्पणी कार्कीको थियो । झापा-१ मा गठबन्धनका उम्मेदवारसमेत रहेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई मञ्चमा राखेर कार्कीले यो कुरा भनेका थिए । २०७४ को चुनावमा शर्मालाई हराएका कार्की यसपटक उनै शर्माको चुनावी सारथी बनेका छन् ।

आफ्नो बौद्धिकताका लागि समेत चिनिएका नेता कार्कीले सुनाएको यो प्रसंग कांग्रेसमा मात्रै लागु हुँदैन, महामन्त्री शर्मामा पनि ठ्याक्कै मेल खान्छ ।

मुलुकका नाम चलेका नेतामध्ये एक हुन् शर्मा । उनी कार्यकर्तामाझ लोकप्रिय छन्। तर त्यो लोकप्रियता मतमा रूपान्तरण गरेर झापामा जित हासिल गर्न भने उनले सकेका छैनन् ।

आकर्षक भाषणकलाका धनी उनी पार्टीभित्र कति लोकप्रिय छन् भन्ने पछिल्लो महाधिवेशनले नै प्रमाणित गरिदियो । कुनै शक्तिशाली प्यानलमा नपरे पनि दोस्रो धेरै मत ल्याएर महामन्त्री चुनिए ।

पार्टी जीवनमा निरन्तर सफलता हात पार्दै अघि बढेका शर्माका लागि संसदीय चुनाव भने अफापसिद्ध बन्दै आएको छ। २०७० र २०७४ को चुनावमा झापा-१ मा पराजित बनेका शर्मा तेस्रो पटक पुरानै क्षेत्रमा चुनावी परीक्षामा होमिएका छन् ।

यस क्रममा उनका प्रतिस्पर्धी बनेका छन्, एमाले नेता अग्नि खरेल । पूर्वकानुन मन्त्री र पूर्वमहान्यायाधिवक्ता खरेलका लागि यो क्षेत्र नयाँ हो। एमालेमा भने उनी नयाँ होइनन्। अध्यक्ष केपी शर्मा ओलीसँग निकटताका कारण पनि उनी पार्टीभित्र बलिया छन्। दुई पटक संविधान सभामा बसेर संविधान लेखनमा भूमिका खेलेको अनुभव उनीसँग छ। एमाले अध्यक्ष ओलीको उनीमाथि ठूलो भरोसा देखिन्छ। त्यसैले ओलीले उनलाई दुई पटक संविधान सभामा मात्र लगेनन्, आफू प्रधानमन्त्री हुँदा कानुन मन्त्री र महान्यायाधिवक्ता पनि बनाए ।

पहिलो संविधान सभामा राष्ट्रपतिबाट मनोनित भएका र दोस्रोमा समानुपातिकमार्फत् संविधान सभा प्रवेश गरेका खरेलचाहिँ पहिलो पटक प्रत्यक्ष चुनावी मैदानमा होमिएका छन्।

पूर्वमन्त्री खरेलको झापा-१ आगमन इच्छित नभई बाध्यताको उपज हो।

खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि झापा-२ मा आफूलाई केन्द्रीत गरेका थिए। अन्तिम समयसम्म उनी झापा-२ मै चुनाव लड्ने पक्षमा थिए। तर, पार्टीका पुराना नेता देवराज घिमिरेलाई झापा २ छोड्नै पर्ने भएपछि खरेल झापा-१ तिर लागे।

खरेल झापा-१ जाँदा अर्का एमाले नेता रवीन कोइराला भने विस्थापनमा परे। एमालेको स्थानीय कमिटीले प्रतिनिधि सभाका लागि कोइरालाको नाम एकल रूपमा सिफारिस गरेको थियो। तर, अध्यक्ष ओलीका विश्वासपात्र खरेल प्रतिनिधि सभामा उम्मेदवार बन्दा कोइराला प्रदेश सभाको उम्मेदवार बन्न बाध्य भए।

खरेलले कोइरालाको राजनीतिक ‘भाग खोसेको’ यो दोस्रो पटक हो। यसअघि खरेलले नै कोइरालाको जिल्ला इन्चार्ज पद खोसेका थिए। नेकपा छँदा कोइराला पार्टीको झापा इन्चार्ज थिए। संसद् विघटनपछिको विवादले नेकपा विभाजित भयो, एमाले पनि सग्लो रहेन।

कोइराला १० बुँदे सहमतिपछि एमालेमै रहे। पार्टीमा जिम्मेवारी बाँडफाँट गर्दा लामो समय ओलीविरोधी खेमामा रहेका  कोइराला घटुवामा पर्दै सह-इन्चार्ज बने, इन्चार्जका रूपमा अग्नि खरेलको इन्ट्री भयो।

यसरी पहिलो पटक पार्टीको जिम्मेवारी पाउने बेलामा अवसर खोसेका खरेललाई यसपटक कोइरालाको संसदीय मौका खोसेको आरोप पनि लाग्यो। यही अपजस खरेलका लागि चुनावी चुनौती बन्ने खतरा छ।

बलियो संगठन भएको झापा-१ एमालेका लागि सधैंजसो सुरक्षित किल्ला मानिँदै आएको छ। २०५६ र २०६४ को चुनावबाहेक यो क्षेत्रमा सधैं एमाले उम्मेदवार नै विजेता बन्दै आएका छन्।

२०७४ मा पनि एमालेले समर्थन गरेका माओवादीका राम कार्की विजेता बनेका थिए। पार्टीको मजबुद् संगठन र पछिल्लो स्थानीय चुनावको गणित खरेललाई उत्साही बनाउने मुख्य आधार बनेको छ।

‘टुरिस्ट’ भर्सेस स्थानीयको पुरानै लडाइँ

संसदीय निर्वाचनमा उम्मेदवार बन्न स्थानीय अथवा सोही क्षेत्रको मतदाता हुनुपर्ने कानुनी बाध्यता छैन। हरेक चुनावलाई ‘विकास निर्माणको’ भाष्यसँग जोड्ने दलहरूको अभ्यासले संसदीय चुनावलाई पनि स्थानीय चुनावकै मुद्दाले प्रभावित तुल्याइहाल्छ।

प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका कुनै पनि नेता नीति नियम निर्माणबारे कुरै गर्दैनन्। स्थानीय तहमा उठे जसरी विकास निर्माणका सपना मात्रै देखाउँछन्। यही होडले को स्थानीय र को बाहिरिया भन्ने मुद्दाले ठाउँ पाउने गरेको छ।

झापा-१ त्यस्तै क्षेत्रमा पर्छ, जहाँ धेरैजसो संसदीय चुनावमा ‘पाहुना उम्मेदवार’ र ‘स्थानीय उम्मेदवार’ को मुद्दाले प्राथमिकता पाउने गरेको छ।

एमाले उम्मेदवार खरेललाई यो चुनावमा सबैभन्दा धेरै लखेट्ने  मुद्दा बनेको छ, उनको ‘टुरिस्ट’ छवि। सत्ता गठबन्धनमा रहेका दलका कार्यकर्ताहरूले खरेल स्थानीय नभएको बताउँदै सधैं ‘पाहुनालाई जिताउन नहुने’ धारणा सामाजिक सञ्जालमा प्रकट गरिरहेका छन्। एमाले कार्यकर्ता भने खरेल ‘टुरिस्ट’ होइनन् भन्ने स्थापित गर्न भिडेका भिड्यै छन्।

झापा-१ मा दुबै प्रमुख दलले पाहुना उम्मेदवार ल्याउने गरेको आरोप लागेको छ। ‘पाहुना उम्मेदवार’ रेकर्ड भने एमालेसँग धेरै छ।

२०४८ मा यो क्षेत्र झापा-३ मा पर्थ्यो। त्यसबेला एमालेले राधाकृष्ण मैनालीलाई उम्मेदवार बनायो। मैनालीले कांग्रेसका चक्रप्रसाद बास्तोलालाई पराजित गरे। बास्तोला पनि यो क्षेत्रका बासिन्दा भने थिएनन्। उनी बिर्तामोडका बासिन्दा थिए।

२०५१ को मध्यावधि निर्वाचनमा यो क्षेत्रमा फेरि एक पटक ‘पाहुना उम्मेदवार’ भिडे। एमालेका देवीप्रसाद ओझा र कांग्रेसका गोपालकुमार बस्नेतबीचको प्रतिष्पर्धामा ओझाले सफलता हात पारे। ओझा हालको शिवसताक्षीका थिए भने बस्नेत बिर्तामोडका।

२०५६ को चुनावमा भने मुख्य प्रतिस्पर्धीहरू स्थानीय नै थिए। कांग्रेसका नरेन्द्रविक्रम नेम्वाङले जितेको चुनावमा एमालेले विष्णु प्रसाईंलाई उम्मेदवार बनाएको थियो। २०६४ मा माओवादीका स्थानीय नेता धर्म घिमिरेले जितेको क्षेत्रमा ०७० मा एमालेका स्थानीय नेता रवीन कोइरालाले कांग्रेसका स्थानीय नेता शर्मालाई हराए।

२०७४ मा फेरि पाहुना उम्मेदवारको मुद्दा चर्चामा आयो जब वाम गठबन्धनले माओवादी नेता राम कार्कीलाई कांग्रेसका शर्माविरूद्ध उठायो। त्यसबेला कांग्रेस कार्यकर्ता  ‘पाहुनालाई दुई चार दिन मिठो मसिनो दिने हो, घरको साँचो जिम्मा दिने होइन’ भन्ने टिप्पणी गर्थे। तर, एमाले र माओवादी मिलेका कारण चुनावी परिणाम वाम गठबन्धनका ‘पाहुना’ उम्मेदवार कार्कीकै पक्षमा आयो।

यसपटक फेरि अवस्था उही भएको छ। ताप्लेजुङमा जन्मेर झापाको गौरादहमा हुर्केका र लामो समय काठमाडौं बसेर वकालतसँगै राजनीति गर्दै आएका खरेल एमाले उम्मेदवार बनेर आएका छन्। उनले बिर्तामोडमा घर भने किनेका छन्। तर, त्यो झापा-२ मा पर्छ।

झापा-२ मा ‘टुरिस्ट’ उम्मेदवार ट्याग लाग्ने भयबाट जोगिन र भूगोलको काम गर्न भन्दै उनले घर किनेको एमाले कार्यकर्ता नै बताउँछन्। खरेल जुन आरोपबाट जोगिन चाहन्थे, रोजेको क्षेत्र नपाएर अन्यत्र जाँदा उनी त्यही आरोपको फन्दामा परेका छन्।

कांग्रेस उम्मेदवार शर्मा धुलाबारीका बासिन्दा हुन्। विद्यार्थी राजनीतिका क्रममा लामो समय काठमाडौंमै रहे-बसेका उनलाई एमाले कार्यकर्ताहरू ‘झापामा नबस्ने’ भनेर कटाक्ष गर्थे। तर, पार्टीको झापा सभापति लडेयता भने उनी झापा बसिरहेका छन्।

यो मुद्दाले दुबै पक्षका कार्यकर्तालाई प्रशस्त उद्वेलित पारेको छ। सामाजिक सञ्जालको बहसले त्यो देखाउँछ। मतदातालाई यो मुद्दाले कति छुन्छ भन्ने कुरा अहिल्यै किटान गर्न सकिन्न।

‘अहिलेसम्म खाली बाहिरका मान्छेले क्षेत्रको प्रतिनिधित्व गर्दा उनीहरूको प्राथमिकतामा क्षेत्र परेन भन्ने मनोविज्ञान प्रशस्तै देखिन्छ’, धुलाबारीस्थित हिमालयन कलेजमा समाजशास्त्र अध्यापन गर्ने युवा अध्येता सागर शिवाकोटी भन्छन्, ‘त्यही भएर यो क्षेत्रमा हरेक चुनावमा यो मुद्दा जोडतोडले उठ्ने गरेको छ। यसपटक पनि उठेको छ, उठ्ने नै छ।’

शिवाकोटीका अनुसार स्थानीय उम्मेदवारले मात्रै क्षेत्रका मान्छेको पिर-मर्का र आवश्यकता बुझ्न सक्छ भन्ने मनोविज्ञान स्वाभाविक छ।

‘हाम्रो अभ्यासले हरेक तहको जनप्रतिनिधिलाई शक्तिको केन्द्र बनाएको छ’, उनी भन्छन् ‘त्यही भएर मतदाता आफूलाई चिन्ने मान्छे आफ्नो प्रतिनिधि होस् भन्ने चाहना राख्छन्। यो व्यक्तिगत सुरक्षाको प्रश्न पनि भएको छ।’

को कति सुरक्षित?

कांग्रेसहितका सत्ता गठबन्धनका दलहरूको साथ, राजनीतिक रूपमा निरन्तर अग्लिँदै गएको आफ्नै व्यक्तित्वको बलमा महामन्त्री शर्माले बलियो संगठन भएको र क्षेत्रमा रहेको स्थानीय सत्ताको नेतृत्व गरेर बसेको एमालेका खरेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

झापा-१ मा दुबै प्रतिस्पर्धी ढुक्क हुने अवस्थामा छैनन्। आफ्नो क्षेत्रको लाभ शर्मालाई होला तर यहाँ परम्परागत जनमतका हिसाबले एमाले बलियो छ। त्यसको लाभ खरेलले पाउँछन्।

शर्मालाई आफ्नो लोकप्रियता र स्थानीय उम्मेदवार भएको आधारमा एमालेको ठूलो जनमत आफूतिर तान्नुपर्ने चुनौती छ।

२०७४ को चुनावमा यो क्षेत्रमा वाम गठबन्धन झन्डै १४ हजार मतान्तरले अघि थियो। तर, चुनावी परिणाम सार्वजनिक हुँदा शर्माले उल्लेख्य आकारमा घटाएका थिए। त्यसबेला राम कार्कीले ३६ हजार १७३ मत पाएर जित्दा शर्माले ३३ हजार ३१० मत पाएका थिए। यसरी १४ हजारले पछि परेको क्षेत्रमा शर्माले भने २ हजार ८६३ मतले मात्रै पराजय व्यहोरेका थिए।

कांग्रेस नेताहरू स्थानीय चुनावको गणित शर्माले बदल्ने दाबी गर्छन्। जनप्रतिनिधि नहुँदै पनि उनले यो क्षेत्रको विकासमा उल्लेख्य योगदान दिएको र त्यसबारे जनता जानकार रहेको कांग्रेसीको दाबी छ।

‘स्थानीय चुनावको गणितले काम गर्दैन भन्ने २०७४ सालमै देखिसकेको छ। त्यसबेला कांग्रेसको २४ हजार हाराहारी मात्रै मत भएका बेला ३३ हजारभन्दा बढी  मत आयो।  यदि त्यो गणितले काम गर्थ्यो भने मतान्तर ज्यादै ठूलो हुनुपर्ने होइन र?,’ कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले भने, ‘यसपटक गठबन्धन कांग्रेसको साथमा छ। त्यसैले यसपटक झापा-१ का मतदाताले महामन्त्री शर्मालाई चुन्नेमा शंका छैन।’

उनले थपे- उहाँ जनप्रतिनिधि नहुँदै पनि क्षेत्रको विकास निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ। क्षेत्रको बाहुनडाँगीमा हात्ती छेक्ने बार उहाँकै अगुवाइमा बन्यो। क्षेत्रमा ग्रेटर रिङरोडको अवधारणा अघि सारेर कार्यान्वयनमै गइसकेको छ। मदन भण्डारी राजमार्गको छुट खण्डको काम उहाँकै पहलमा अघि बढेको छ। सडक, पुल जस्ता दर्जनौं काममा उहाँको नेतृत्व रहेको जनताले बुझेका छन्।’

बुढाथोकी जनप्रतिनिधि नहुँदै पनि धेरै कामको अगुवाइ गरेका शर्माप्रति जनविश्वास उच्च रहेको दाबी गर्छन्। कांग्रेसका समर्थकहरूले क्षेत्रमा अहिले विश्वप्रकाशले जिते कांग्रेसमा ‘गगन-विश्व’ को पुस्ता नै प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुने र त्यसले परिवर्तनको सुरूआत हुने नारा लगाइरहेका छन्।

एमालेहरू पनि खरेल ओलीको विश्वासपात्र भएकाले ओली प्रधानमन्त्री हुँदा उनी मन्त्री बन्ने प्रचार गरिरहेका छन्। एमाले नेताहरूको पनि दाबी उस्तै छ। खरेलले विकासका काममा नेतृत्व गर्ने क्षमता राख्ने उनीहरूको दाबी छ ।

‘उहाँको विकासका काममा नेतृत्व गर्ने क्षमता छ। नेपालको ब्युरोक्रेसीमा राम्रो पकड भएका कारण पनि उहाँलाई त्यो काम गर्न सहज छ’, एमाले नेता श्रीप्रसाद मैनालीले भने, ‘उहाँले झापाका डोमालाल रंगशाला भूमाफियाबाट फिर्ता ल्याउनेदेखि विकास निर्माणका धेरै काममा नेतृत्व गर्नुभएको छ।’

यसबारे जनतालाई बुझाउने काम भइरहेको उनले बताए। यसबाहेक पार्टीको संगठन र स्थानीय चुनावको मतले पनि खरेलको पक्षमा बलियो माहोल रहेको दाबी गरे।

दुवै पक्षले आ-आफ्नो दाबी अघि सारिरहेका बेला आउँदो चुनावमा पछिल्लो स्थानीय चुनावकै गणित निर्णायक हुने अवस्था कायम रह्यो भने झापा-१ मा तेस्रोपटक चुनावी परीक्षामा होमिएका महामन्त्री शर्मा फेरि समस्यामा पर्न सक्छन्।, यसअघि दुई पटक पराजित भइसकेका उनले मतदाताको सहानुभूति पाउने सम्भावना पनि उत्तिकै छ।

‘जतिपटक हारे पनि क्षेत्र नछोड्ने’ शर्माको छविप्रति मतदाता सकारात्मक बन्ने अपेक्षा कांग्रेस वृत्तको छ।

मेचीनगर नगरपालिकाका १५ वटै वडा,  भद्रपुर नगरका ९ र १० नम्बर अनि  बुद्धशान्ति गाउँपालिकाका चार वटा वडाहरू  ४, ५ , ६, ७ समेटिएको यो क्षेत्रमा १ लाख २० हजार ३७५ मतदाता छन्।

स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यहाँ  एमालेसँग ३१ हजार २ सय ३२ मत छ भने कांग्रेससँग २४ हजार ५९ मत छ। राप्रपासँग  ५ हजार ९२२ मत रहेको क्षेत्रमा माओवादीसँग ३ हजार ९०५, एकीकृत समाजवादीसँग १ हजार २५२ र लोकतान्त्रिक समाजवादी पार्टीसँग २६२ मत छ।

यो हिसाबले एमाले-राप्रपा गठबन्धनसँग यहाँ ३७ हजार १५४ मत छ भने सत्ता गठबन्धनसँग २९ हजार ४७८ मत छ। यो क्षेत्रमा उम्मेदवारी दर्तापछि भने राप्रपा मत विभाजित बनेको छ। प्रदेश सभाको क्षेत्र ‘ख’ पाएको राप्रपाबाट सविना बजगाईं उम्मेदवार बनेकी छन् भने टिकट नपाएपछि राप्रपाका पुराना नेता कल्याण खड्काले राप्रपा नेपालबाट उम्मेदवारी दिएका छन्।

शर्मा र खरेल दुबैका लागि पार्टीभित्रको किचलो व्यवस्थापनको सकस उत्तिकै छ।

गएको स्थानीय चुनावमा मेचीनगरको मेयरमा शर्माले टिकट खोसेका कृष्णप्रसाद सिटौलानिकट पार्टीका जिल्ला उपसभापति केशवराज पाण्डे लगायतको समूहलाई साथैमा लिएर हिँड्नुपर्ने चुनौती उनीसँग छ। प्रदेश सभाको क्षेत्र क मा सिटौला र पाण्डेकै विश्वासपात्र गोपाल तामाङलाई अघि सारेर शर्माले सन्तुलन मिलाउने प्रयास गरेका छन्। शर्माको प्रस्तावक पाण्डे स्वयं बसेका छन्।

यो क्षेत्रमा बलियो प्रभाव राख्ने एमाले नेता रवीन कोइराला र उनका समर्थकहरूको चिढिएको मन मिलाउनुपर्ने चुनौती खरेललाई छ। कोइरालाले टिकट नपाएर खरेलले पाएपछि कोइराला समर्थक धेरैले सामाजिक सञ्जालमा खुला असन्तोष मात्रै प्रकट गरेनन्, पाहुनालाई अस्वीकार गर्नेसमेत बताएका थिए। तर, कोइराला स्वयं प्रदेशको क्षेत्र क मा प्रतिस्पर्धी बनेपछि एमालेमा विवाद ‘सेटल हुँदै गएको’ कार्यकर्ताहरू बताउँछन्। हिजो विरोधमा सामाजिक सञ्जालमा लेख्नेहरूले पनि अहिले समर्थनमा लेखिरहेको देख्न सकिन्छ।

यसरी शर्मा र खरेल आ-आफ्ना पार्टी भित्रका असन्तुष्टि व्यवस्थापन गरेर निर्वाचनमा होमिएका छन्। शर्मा र खरेल जसले जिते पनि उनीहरू पहिलो पटक जनअनुमोदित भएर संसदमा पुग्ने छन्। त्यो सौभाग्य झापा-१ का जनताले कसलाई देलान्! सेतोपाटी

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ ११:३३
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

साइकलमा डुलेर चिया बेच्दै झापा बिर्तामोडकी मिना
साइकलमा डुलेर चिया बेच्दै झापा बिर्तामोडकी मिना
डी कौडिन्य पत्रकारिता पुरस्कारबाट झुलन र डिकेश पुरस्कृत
डी कौडिन्य पत्रकारिता पुरस्कारबाट झुलन र डिकेश पुरस्कृत
नेपालीको औसत आयु ७१.३ बर्ष
नेपालीको औसत आयु ७१.३ बर्ष
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते
काठमाडौँ महानगरले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने ; कहाँ कहाँ गर्दैछ त परिक्षण ?
काठमाडौँ महानगरले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने ; कहाँ कहाँ गर्दैछ त परिक्षण ?
फेसबुकमा कमेन्ट गरेको निहुँमा विद्यार्थी कुट्ने प्रधानाध्यापक बिरुद्ध मुद्दा दर्ता
फेसबुकमा कमेन्ट गरेको निहुँमा विद्यार्थी कुट्ने प्रधानाध्यापक बिरुद्ध मुद्दा दर्ता

नेपाल अपडेट

जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज   
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज   
चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी 
चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी 
बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै
बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै
भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द 
भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द 
रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड 
रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड 
१५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ 
१५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ 
बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव?
बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव?
भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता
भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता
 बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता
 बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता
भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान
भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान

छुटाउनुभयो कि?

जनमतकी अनिता देवीले लिईन् शपथग्रहण
जनमतकी अनिता देवीले लिईन् शपथग्रहण
विपद् व्यवस्थापनमा सक्रिय हुन प्रधानमन्त्रीले दिए निर्देशन
विपद् व्यवस्थापनमा सक्रिय हुन प्रधानमन्त्रीले दिए निर्देशन
आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै
आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै
देउवाको आँखामा प्रवक्तामा मीन
देउवाको आँखामा प्रवक्तामा मीन
फास्ट ट्रयाकबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने माओवादी केन्द्रको प्रस्ताव
फास्ट ट्रयाकबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने माओवादी केन्द्रको प्रस्ताव
राजनीतिक हस्तक्षेपकै कारण विश्वविद्यालय ध्वस्त भयो : प्रा. डा. माथेमा
राजनीतिक हस्तक्षेपकै कारण विश्वविद्यालय ध्वस्त भयो : प्रा. डा. माथेमा
प्रधानमन्त्री र सभामुखबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
प्रधानमन्त्री र सभामुखबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
सुनको मूल्य आज बढ्यो
सुनको मूल्य आज बढ्यो
साझा परिवेश
  • Facebook
  • Twitter
  • Youtube
सूर्यतारा श्री सिने प्रा.लि
सूचना विभाग दर्ता नंः ३६८० / ०७९-०८० प्रेस काउन्सिल सुचिकृत नंः ३३६१
सूर्यतारा श्री मिडिया प्रा.लि01 5915027 / 9851096955 News: [email protected]
विज्ञापनका लागि सम्पर्क
01 5915027 / 9851096955 [email protected]
सन्चालक रबिन श्री
कानुनी सल्लाहाकर अधिवक्ता : केशब पाण्डे
अधिवक्ता : माधब प्रसाद कोईराला
सम्पादक सुनिल खतिवडा
कार्यकारी सम्पादक सुमित भण्डारी
साइट नेभिगेशन
  • सामाजिक सञ्जाल
  • साझा टि.भी
  • फोटो फिचर
  • बजार
  • समाचार
  • राजनीति विशेष
  • विचार
  • मनोरञ्जन
  • समाचार
  • विचित्र संसार
  • साहित्य
महत्वपूर्ण लिङ्क
  • हाम्रो बारेमा
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • नीति
  • डेटा

© Copyright 2026. All Rights Reserved.

Powered By:

casino giriş
casino bet giriş
casino giriş
online pokies payid