April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

डाँगीलाई सहिद घोषणा गर : राप्रपा

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ १७:१६
डाँगीलाई सहिद घोषणा गर : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा गर्न माग गरेको छ । डाँगीको सोमबार बिहान उपचारका क्रममा निधन भएको थियो ।

राप्रपाले सोमबार शोक वक्तव्य जारी गर्दै डाँगीको निधनले राप्रपालाई ठुलो क्षति पुगेको भन्दै स्व.डाँगीलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको हो । साथै राप्रपाले संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरूमाथि भएको प्रशासनिक दमन निन्दा गरेको छ ।

नागरिकको हत्या गरिनु कायरता र लोकतन्त्रको उपहास भएको भन्दै शोक प्रकट गर्न पार्टीको ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झन्डा आधा झुकाउने र १३ औँ दिनको पुण्य तिथिमा केन्द्रसहित सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् ।

राप्रपाको आह्वानमा गत चैत २७ गतेको काठमाडौँ केन्द्रित प्रदर्शनका क्रममा प्रहरीको दमनबाट घाइते भई उनलाई छाउनी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ १७:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।