sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन हुने

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १, २०७९ 0९:४४
निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन हुने

झापा । सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चारवटै सुरक्षा संयन्त्र परिचालन गरेको छ। केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा अंगका सुरक्षाकर्मी परिचालन गरिएको हो।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलका अनुसार सुरक्षा योजनामा निर्वाचनको एक महिनाअघिदेखि नै निर्वाचन क्षेत्र तथा निर्वाचन गतिविधिको सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्ने कुरा उल्लेख छ। ‘गृह मन्त्रालयले तयार पारेको योजना केन्द्रीय सुरक्षा समितिले पारित गरिसकेको छ,’ प्रवक्ता पोखरेलले भने, ‘योजनाअनुसार एक महिनाअगावै सुरक्षाकर्मी परिचालन भइसक्छन् ।’
यहीअनुसार आफूमातहत सुरक्षाकर्मी आवश्यकताअनुसार परिचालन गर्ने काम सुरु भइसकेको सुरक्षा निकायहरूले जनाएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनभन्दा ३५ हजार बढाएर सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ । त्यतिबेला २ लाख ६५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

अहिले ३ लाख सुरक्षाकर्मी परिचालन गर्न लागिएको गृहका प्रवक्ता पोखरेलले जानकारी दिए । यसका लागि नेपाली सेनाबाट ७१ हजार, नेपाल प्रहरीबाट ७१ हजार ६ सय ९३, सशस्त्र प्रहरीबाट ३५ हजार, म्यादी प्रहरी १ लाख १५ हजार र बाँकी राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ । सुरक्षाकर्मीको काम, परिचालनको तौरतरिका र निर्वाह गर्नुपर्ने भूमिका अघिल्ला निर्वाचनजस्तै हुने जनाइएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १, २०७९ 0९:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid