वीरगञ्ज – घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं। ३ इटियाही टोल बस्ने उमेश दासको छोरा १६ वर्षीय अरबिन्दकुमार दास रहेका छन् ।
सोमबार दिउँसो बाख्रालाई खुवाउन अम्बकको बोट तिर गएका थिएइ । सोही बेला उनी निर्माणाधीन एक तले घरको झ्याल बाहिर जडान भई नसकेको स्ल्यापमाटेकपछि अचानक स्ल्याप खुस्किएको थियो ।
जडान नभएको स्ल्याप अचानक खुस्किन गई जमिनमा लडेर गम्भिर घाइते भएका उनको उपचारार्थ बाराको प्रसौनीस्थित एल।एस।न्युरो अस्पताल पुर्याए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।