October 13, 2024 | आइतवार, अशोज २७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

झापा क्षेत्र न : ३ – संसद् सिटौला कि लिङ्देन छिर्लान !

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २२, २०७९ १६:५७
झापा क्षेत्र न : ३ – संसद् सिटौला कि लिङ्देन छिर्लान !

झापा ।। प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि मंसिर ४ मा हुने निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नम्बर ३ निक्कै प्रतिस्पर्धा हुने देखिएको छ ।
तीनवटा निर्वाचनमा आमने सामने भएका उम्मेदवार चौथो पटक पनि प्रतिष्पर्धामा छन । उत्रिएका छन् ।

यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यकालागि सत्ता साझेदार गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा पुर्व गृहमन्त्री समेत बन्नु भएका कृष्णप्रसाद सिटौला तथा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबाट उम्मेदवार बन्नु भएका राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन प्रतिस्पर्धामा छन ।

२०४८ सालदेखि निर्वाचन क्षेत्रनम्बर ३ बाट निरन्तर चुनाव लड्दैं आउनु भएका सिटौलालाई पछाडी फर्केर हेर्दा पटक पटक पराजित बन्नु पर्यो । २०४८, २०५१, २०६४ र २०७४ सालमा गरी चार पटक पराजित हुनु भएका सिटौलाका लागि बल्ल २०५६ र २०७० सालमा संसद्को ढोका खुल्यो । उहाँले ६ पटक चुनावी प्रतिष्पर्धा गर्दा दुई पटकमात्र परिणाम हात पार्न सफल हुनुभयो । काँग्रेसका सिटौला र राप्रपाका लिङ्देन २०५६, २०७० र २०७४ सालमा चुनावी मैदानमा आमनेसामने देखिनु भएकोथियो । उहाँहरु २०७९ मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा फेरि चौथो पटक आमने सामने हुनुहुन्छ ।

२०६२/२०६३ को राष्ट्रिय जनआन्दोलन सफल भए लगत्तै पहिलो पटक भएको संविधान सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका पूर्णसिहं राजवंशीसँग सिटौला पराजित बन्नुभयो । त्यस्तै २०५६ सालमा पहिलो पटक निर्वाचन क्षेत्रनम्बर ३ बाट निर्वाचन शुरु गर्नुभएका लिङ्देन २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उम्मेदवार बन्नु भएन् ।

२०७० सालदेखि निरन्तर निर्वाचन लड्दै आउनु भएका उहाँलाई २०७४ सालको निर्वाचनबाट परिणाम हात पर्यो र संसद् यात्रा शुरु भयो । २०५६ सालको निर्वाचनमा सिटौला १७ हजार ५ सय ६९ मत प्राप्त गदैं विजयी बन्दा लिङ्देनले ५ हजार ६ सय २५ मतमा चित्त बुझाउनु परेको थियो । २०७० सालको निर्वाचनमा सिटौला १४ हजार ३ सय ५५ मत ल्याएर निर्वाचित हुनुभयो र लिङ्देन ९ हजार २ सय ५३ मतका साथ पराजित बन्नुभयो ।

तर, २०७४ सालमा सम्पन्न पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सिटौलासँग लिङ्देनले बदला लिदैँ काँग्रेसका सिटौलालाई नराम्ररी पराजित गर्नुभयो । २०७४ सालमा नेकपा एमालेको समर्थनबाट उम्मेद्वार बन्नु भएका लिङ्देनले ४४ हजार ६ सय १४ मतका साथ विजयी भएर प्रतिनिधि सभा संसद् भवन छिर्ने अवसर प्राप्त गर्नुभयो । त्यसबेला उहाँको काँधमा राप्रपाको महामन्त्रीको जिम्मेवारी थियो ।

 

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २२, २०७९ १६:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्