May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

सरकारले शिक्षकसँग दम्भ देखाउँदैछ, सत्यसँग सिङ जुधाउँदा ढिलो चाँडो भाँचिन्छ : ओली

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १६:३७
सरकारले शिक्षकसँग दम्भ देखाउँदैछ, सत्यसँग सिङ जुधाउँदा ढिलो चाँडो भाँचिन्छ : ओली

आन्दोलनरत शिक्षकहरूसँग सरकारले चलाखी गरेको टिप्पणी

 

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूसँग सरकारले चलाखी गरेको टिप्पणी गरेका छन्।

पार्टीको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सोमबार सम्बोधन गर्दै ओलीले शिक्षकहरूलाई विभाजन गरेको आरोप लगाए।

‘सरकारलाई ढुक्क लागेको होला शिक्षकभित्र स्थायी, अस्थायी, करारावाला भनेर विभाजन गरेँ, केहीलाई फिर्ता गरेँ, केहीलाई सडकमा पठाएँ, कमजोर भयो भनेर ।’ ओलीले भने, ‘म सरकारलाई भन्न चाहन्छु शक्ति विभाजित हुन सक्छ तर सत्य विभाजित हुँदैन। सत्य एउटै हुन्छ । सत्यसँग सिङ नजुदाउनुस्, ढिलो चाँडो भाँचिन्छ। शिक्षकहरूसँग दम्भ नदेखाउनुस्‚ चलाखी नगर्नुस्।’

सरकारसँग शुक्रबार ६ बुँदे सहमतिसँगै नेपाल शिक्षक महासंघले आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकहरूले त्यसलाई धोका भन्दै आन्दोलन जारी राखेका छन्।

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १६:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।