May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यस्ता सवारी साधनले मतदानको दिन अनुमति लिनु पर्दैन

  • साझा परिवेश
  • आइतवार, कार्तिक २७, २०७९ 0९:३४
यस्ता सवारी साधनले मतदानको दिन अनुमति लिनु पर्दैन

झापा, कार्तिक २७ । मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको हो ।

बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधनका लागि अनुमित लिनु नपर्ने आयोगले जनाएको छ ।

यस्तै सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चार गृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन निर्वाध रुपमा सञ्चालन हुनेछन् ।

निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थामा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधनका लागि पास नचाहिने आयोगले जनाएको छ ।

सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन मतदानका दिन निर्वाधरुपमा सञ्चालन हुन पाउनेछन् । अत्यावश्यक सेवाका सवारी साधन मतदाता ओसारपसार गर्ने कार्यमा प्रयोग गर्न नपाइने आयोगले जनाएको छ । यस्ता कुनै पनि सवारी साधनले मतदाता ओसारपसार गरेको पाइएमा सुरक्षाकर्मीले बाटैमा नियन्त्रणमा लिन सक्ने पनि निर्वाचन आयोगले जनाएको छ । नियन्त्रणमा लिएका सवारी साधनलाई मतदान सकिए पछि मात्रै छोडिदिने बताइएको छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक २७, २०७९ 0९:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट