झापा,३० कात्तिक । झापाको भद्रपुर -९ स्थित प्वातुबारी- भद्रपुर सडकखण्डमा कालोपत्र नगरेको भन्दै स्थानीय बासिन्दाले बाटो अबरुद्ध पारेका छन्,।

संघ र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा घरदैलो अभियानमा रहेका नेताकार्यकर्तालाई समेत बाटो अबरुद्ध गर्दै बाटो बनाएर भोट लैजान आग्रह गरेका छन्,।

लामो समयदेखि उक्त सडकखण्ड बेवारिसे जस्तै बन्दा स्थानीय बासिन्दाले नेताहरुप्रती आक्रोश पोख्दै बाटो अबरुद्ध गरेका हुन्,।

बाटो अबरुद्ध भएपश्चात् बाटो खुलाउन प्रहरीले प्रयास गरेपनि पुनः स्थानीय बासिन्दाले बन्द गरेका हुन्,। दैनिक सयौं गाडी आवतजावत गर्ने उक्त सडकखण्डका स्थानीय बासिन्दा धुलोले आक्रान्त बनेका छन्,। उनिहरुले बाटो कालोपत्रे नगरुन्जेल पानी हाल्न अनुरोध गरेको भएपनि स्थानीय सरकारले बेवास्ता गर्दै आएको आरोप छ।