May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

शिक्षकहरुका माग कानुनी र संवैधानिक छन्, यसमा सरकारको ध्यान जाओस् : शेखर कोइराला

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १५:१५
शिक्षकहरुका माग कानुनी र संवैधानिक छन्, यसमा सरकारको ध्यान जाओस् : शेखर कोइराला
  • शिक्षकहरुका मागमा सरकार गम्भीर हुनुपर्छ 
  • दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ
  • शिक्षा विधेयकमा आवश्यक प्रावधान समेटौँ र यो आन्दोलन सहमतिमा टुंग्याऊँ

काठमाडौँ ।।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तीन दिनदेखि संघीय राजधानी काठमाडौंमा आन्दोलित शिक्षकहरुका माग सही र संवैधानिक रहेको बताएका छन्। शिक्षकहरुको आन्दोलन चर्किने छनक देखिँदै गर्दा सत्तारुढ दलका प्रभावशाली नेता कोइरालाले सरकार यसबारे गम्भीर हुनुपर्ने बताएका हुन्।

‘शिक्षकहरुका मागहरु केही व्यवहारिक, कानुनी र संवैधानिक छन्। दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ’, उनले भनेका छन्, ‘व्यवहारिक कारणले त्यसो हुन सकेको देखिन्न। यस्ता मागहरु तुरुन्त सम्बोधन गरौँ। कानूनी रुपमा शिक्षा क्षेत्र सबल गराउन शिक्षकहरुको भूमिकाको उच्च मूल्यांकन गर्दै विद्यालय शिक्षा विधेयकमा आवश्यक प्रावधान समेटौँ र यो आन्दोलन सहमतिमा टुंग्याऊँ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहेका शिक्षकहरु विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउन बाध्य हुनु दुर्भाग्य भएको पनि बताएका छन्। कोइरालाले यस्ता संवेदनशील विषयमा सरकार जिम्मेवार बनेर तुरुन्त समस्या समाधान गर्नुपर्ने पनि उनले बताएका छन्। बिहीबार मात्रै प्रमुख प्रतिपक्षी नेकपा एमालेले शिक्षकहरुका माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिएको थियो।

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १५:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट