झापा १ को जारी मतगणनामा प्रदेशसभा ख तर्फ राप्रपाका उम्मेदवार सबिना बजगाँइले एकिकृत माओवादी केन्द्रका श्यामबिर लिम्बुलाई पछाडी पार्नुभएको छ ।
१२ हजार ३सय ६४ मतगणना गर्दा बजगाँइले ४ हजार ७सय २० मत प्राप्त गर्नुभएको छ । लिम्बु ४हजार ७सय २० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ । यो क्षेत्रमा जम्मा ३२ हजार ८ सय २५ मत खसेको थियो ।
त्यस्तै झापा-१ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार गोपाल तामाङले अग्रता कायम राख्नु भएको छ छ । १७ हजार ३ सय ८ मत गनिसक्दा तामाङको ७ हजार ८सय ३५ र नेकपा एमालेको तर्फबाट रविन कोइरालाले ६ हजार ७ सय ७० ल्याउनुभएको छ । तामाङ र कोइरालाको १ हजार ६५ मतान्तर रहेको छ ।