April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

ओलीले प्रमाणसहित उद्घोष गर्छु भने पनि आज नमिल्ने

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० १२:१२
ओलीले प्रमाणसहित उद्घोष गर्छु भने पनि आज नमिल्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज संसद् बैठकमा भुटानी शरणार्थी प्रकरणबारे नबोल्ने भएका छन् । गएको वैशाख २८ गते उनले सो प्रकरणबारे जेठ ४ गते (आज) प्रतिनिधिसभा बैठकमा प्रमाणसहित बोल्ने उद्घोष गरेका थिए ।

पार्टीका तत्कालीन सचिव टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भई फरार रहेका बेला उनले यस्तो बताएका थिए । पार्टी केन्द्रीय कमिटी बैठकका क्रममा उनले सो प्रकरणबारे संसद्मा आफूले खुलस्त गर्ने बताएका थिए ।

“कुन शरणार्थीका नाममा कहाँ कतिलाई पठाइयो र को संलग्न छ भन्ने तथ्यसहित संसद्मा जानकारी गराउने कोसिस गर्नेछु,” ओलीले भनेका थिए ।

आज प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सांसदको प्रश्नोत्तर हुँदै छ । सोही कारण आज ओलीले बोल्ने कार्यक्रम नरहेको एमाले सचेतक महेश बर्तौैलाले बताए ।

“आज प्रधानमन्त्रीको प्रश्नोत्तर छ । प्रधानमन्त्रीका प्रश्नोत्तर रहेका बेला प्रतिपक्षीका नेताले बोल्ने कुरा भएन । तत्काल बोल्ने तय नहोला,” बर्तौलाले भने ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० १२:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।