March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस् नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग न्यूनतम साझा कार्यक्रम तय गर्न बालुवाटारमा छलफल गर्दैै सत्ता गठबन्धन तीन वर्षमा दोब्बर भयो सार्वजनिक ऋण परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन रिपोर्ट उपप्रधानमन्त्री लिन किन चाहँदैनन् रास्वपा र जसपा? मध्यपहाडी लोकमार्गको पोखरा खण्डको काम अलपत्र

तीन प्रतिशत जनसंख्या काम खोज्दै विदेश

  • साझा परिवेश
  • बिहिबार, मंसिर २२, २०७९ १४:३६
तीन प्रतिशत जनसंख्या काम खोज्दै विदेश

झापा । चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीमा करिव ८ लाख युवा जाने देखाएको छ। कुल जनसंख्याको करिव ३ प्रतिशत वार्षिक रुपमा विदेश जान थालेपछि मुलुकको आन्तरिक श्रम बजारको अवस्था कस्तो होला ?

अहिले नै नेपाली निजी क्षेत्रले सबै प्रकारका (दक्ष, अर्धदक्ष र अदक्ष) काम गर्ने जनशक्तिको अभाव झेलिरहेको छ। कुनै पनि उद्योग, व्यवसाय, संघसंस्था वा निर्माण कम्पनीले दक्ष त कुरै छाडौं, अदक्ष कामदार समेत पाउन सकेका छैनन्।

यस्तो अवस्थामा वार्षिक ८ लाखको हाराहारीमा युवा विदेश जान थाल्नुले नेपाली श्रम बजारले आगामी दिनमा अझै चर्को मूल्य चुकाउनुपर्ने अवस्था आउनेछ । सरोकारवालाहरु नेपाली युवाको विदेश मोहलाई मुख्य रुपमा तीन कारण देख्छन् ।

पहिलो वर्षभरी यहाँ रोजगारीको ग्यारेन्टी छैन । अधिकांश रोजगार विकास निर्माण सम्बन्धी आयोजनाहरुमा पाइने भए पनि यो वर्षभरी चल्दैन । दोस्रो विदेशको तुलनामा स्वदेशको श्रम मूल्य निकै कम छ।

स्वदेशमा परिवारसँग बसेर काम गर्न पाइने एउटा फाइदा बाहेक पाउने पारिश्रमिक ज्यादै न्यून छ। दिनभरी काम गरेको ज्यालाले बचत होइन, दुई छाक टार्न पनि पुग्दैन। तर विदेशमा गएर दुःख गरे दैनिक खर्च टरेर केही बचत समेत हुने अवस्था छ। तेस्रो हो विदेश मोह ।

साथीभाइ र आफन्त विदेश गएको देखेपछि अहिलेका धेरै युवाको गन्तव्य पनि उतै बनेको छ। युवाहरु सके पढ्न जाने नभए काम गर्न भए पनि विदेश जाने मोहमा छन् । समाजशास्त्री एवं श्रमविज्ञ डा. गणेश गुरुङ पनि यसमा सहमत छन् ।

गुरुङका अनुसार अहिलेका युवामा विदेश मोह देखिएकाले आन्तरिक श्रम बजारमा जनशक्ति अभाव छ। देशमा ठूला परियोजना एकै पटक सञ्चालन गर्नुपर्ने अवस्था भए आन्तरिक श्रमिकको चर्को अभाव हुनेछ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २२, २०७९ १४:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।