May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

नेपाली टोली एसीसी महिला प्रिमियरकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २, २०८० १४:५१
नेपाली टोली एसीसी महिला प्रिमियरकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौँ । नेपाली टोली मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बुधवार खेलिएको क्वार्टरफाइनल खेलमा कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालले सेमिफाइनलमा मलेसियाको सामना गर्नेछ । मलेसिया भने बुधवार नै खेलिएको अर्को क्वार्टरफाइनल खेलमा जापानलाई १६ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रन बनाएको थियो । त्यसपछि वर्षाका कारणले नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ६.५ ओभरमै केवल दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित २२ रन बनाइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी उनले २१ बलको सामना गरी एक चौका पनि हिर्काइन् ।

चौथो नम्बरकी ब्याट्र कविता जोशी चार रनमा अविजित रहिन् । उनले एक बलमा एक चौका प्रहार गरिन् । ओपनर सीता रानामगरले १७ रन बनाइन् । उनले १५ बलको सामना गरी दुई चौका पनि हिर्काएकी थिइन् । अर्की ओपनर कविता कुँवर एक रन बनाउँदै रन आउट भएकी थिइन् । नेपालले अतिरिक्त रूपमा पनि पाँच रन पाएको थियो । कुवेतकी बलर मारयम ओमरले एक विकेट लिइन् । सीता रानामगर प्लेयर अफ दी म्याच घोषित भइन् ।

त्यसअघि कुवेतले पालीको राम्रो सुरुआत गरेको थियो । तर, नेपाली बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएपछि कुवेत धराशायी बन्न पुगेको थियो । सीताले १२.२ ओभरमा प्रियादा मुरालीको विकेट लिएकी थिइन् ।

कुवेतकी ओपनर प्रियादा मुरालीलाई सीताले २९ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेकी थिइन् । त्यतिबेला कुवेतले ५४ रन बनाएका थियो । त्यसपछि सीताले १२.३ ओभरमा कुवेतकी ब्याटर मारयम ओमरलाई पेभेलियन फर्काइन् । सीताले मारयम ओमरलाई खाता खोल्नुअघि नै काजल श्रेष्ठद्वारा स्टम्पिङ गराएकी थिइन् ।

त्यसलगत्तै सीताले १२.४ ओभरमा कुवेतकी कप्तान अमना सरिफ तारिकको विकेट लिइन् । सीताले अमना सरिफ तारिकलाई पनि खाता खोल्नुअघि नै एलबीडब्लूको धरापमा पारेकी थिइन् । सीताले चार ओभरमा केवल ११ रन खर्चिएकी थिइन् । अन्तराष्ट्रिय टी–२० क्रिकेटमा ३१ वर्षीया सीताले लिएको विकेट सङ्ख्या ४८ पुगेको छ । उनले यही प्रतियोगितामा विकेट सङ्ख्या ५० पुर्याउने बलियो सम्भावना छ ।

नेपालका लागि कविता कुँवर र रुविना क्षेत्रीले पनि दुई–दुई विकेट लिए । कविताले चार ओभरमा नौ र रुविनाले चार ओभरमा १० रन खर्चिए । कुवेतका दुई ब्याटर भने रन आउट भएका थिए । कुवेतका लागि ओपनर प्रियादा मुरालीले सर्वाधिक २९ रन बनाइन् । उनले ३३ बलमा एक छक्का र तीन चौका प्रहार गरिन् । सान्थी बालासुब्रमन्यम र खादिजा खलिलले १३–१३ रन जोडे । कुवेतका अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कुवेतले अतिरिक्त रूपमा चार रन पाएको थियो ।

नेपाली टोली प्रारम्भिक चरणमा तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रूपमा क्वार्टर फाइनलमा पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो ।

नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् ।

फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ तारिखमा हुनेछ ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २, २०८० १४:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।