sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शपथ ग्रहणमा ओलीको पुरानै शैली

  • साझा परिवेश
  • बिहिबार, पुस ७, २०७९ १९:१५
शपथ ग्रहणमा ओलीको पुरानै शैली

काठमाडौं । नयाँ सांसदहरुमध्ये कोहीले ईश्वरको नाममा शपथ लिए, कोहीले जनताको नाममा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो’ भनेर संवेगात्मक शपथको व्यहोरामा हस्ताक्षर गरे । (रवीन्द्र मिश्रले जितेका भए ‘भ्रष्टाचारीलाई किरा परोस’ नै लेख्थे कि !)

सारा माननीयले शपथका व्यहोरामा आँखा लगाउँदा एमाले अध्यक्ष केपी ओली चाहिँ के गर्दै थिए ? उनलाई यो तस्वीरमा हेरौं न ।

सबै सांसदले हातमा शपथको व्यहोरा च्यापेर पढ्दा ओली खडेखडे उभिएका देखिन्छन् । रोचक के छ भने यो तस्वीर ओलीकै निकटस्थले चलाउने फेसबुक पेज ‘बालकोट’ मा उपलब्ध छ । त्यसमा ओली शपथको व्यहोरा नबोकी टुलुटुलु हेरिरहेका देखिन्छन् ।

ओलीलाई बाचा गराउन, शपथ खुवाउन त्यति सजिलो पनि कहाँ छ र ? पोहोर मंसिरमा एमालेको दशौं महाधिवेशनका बेला चितवनमा यस्तै भयो । त्यसमा भीम रावलको जमानत जफत सरह गराउने गरी अध्यक्ष चुनिएसँगै ओलीलाई शपथ खुवाउने जिम्मा आइलाग्यो निर्वाचन परिचालन कमिटी संयोजक विजय सुब्बालाई ।

पथको व्यहोरा बोकेर सुब्बा ‘म… ’ के बोल्दैथिए, ओलीले खरर्र सबै व्यहोरा एकै सासमा पढिभ्याए । सुब्बा हेरेको हेर्‍यै ।

तिनै ओलीलाई दोस्रोपल्ट प्रधानमन्त्री चुनिँदा राष्ट्रपति विद्या भण्डारीले ‘सत्य निष्ठापूर्वक प्रतीज्ञा गर्छु’ भन्दा तुरुन्त खारेज गरे, ‘त्यो पर्दैन ।’

ओली प्रथमतः एमालेका तर्फबाट जितेका प्रतिनिधिसभा सदस्य हुन् । उनी पाँच वर्षका लागि सार्वभौम जनताका प्रतिनिधिका रुपमा चुनिएका हुन् । उनको उत्तरदायित्व पनि जनताप्रति नै हुने हो ।

शपथलाई सामान्य औपचारिकतामात्रै पनि मान्न सकिएला । तर त्यो जनताप्रतिको निष्ठाको सूचक पनि हो ।

यसपालि पनि ओलीले ‘त्यो पर्दैन’ शैलीकै निरन्तरता देखाएका हुन् कि ? वा अरु केही ?

 

  • साझा परिवेश
  • बिहिबार, पुस ७, २०७९ १९:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid