नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएकामा चीनले बधाई दिएको छ ।
नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सञ्झाल फेसबुकमार्फत प्रचण्डलाई बधाई दिएको हो । ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचन हुनुभएकोमा हार्दिक बधाई ।’, दूतावासले भनेको छ।
आजै साँझ एमालेसहितका सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
तेस्रोपटक प्रधानमन्त्री पदमा नियुक्त भएका प्रचण्ड यसअगाडि यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए । प्रचण्ड प्रधानमन्त्री भएको दिन भारतीय राजदूत भने नयाँ दिल्ली प्रस्थान गरेका छन् ।