April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

न्यायाधीश ‘फटाहा’ र ‘जनताको नाममा कलंक’ हुन् : मन्त्री भण्डारी

  • साझा परिवेश
  • आइतवार, असार १०, २०८० १२:५२
न्यायाधीश ‘फटाहा’ र ‘जनताको नाममा कलंक’ हुन् : मन्त्री भण्डारी
  • खेलकुद बोर्डका सदस्य सचिव हटाउने निर्णयमा न्यायाधीशमाथि खनिए
  • स्टेअर्डर दिने न्यायाधीश ‘फटाहा’ र ‘जनताको नाममा कलंक’ भएको भण्डारीको दाबी 

विराटनगर ।।

खेलकुद बोर्डका सदस्य सचिव हटाउने आफ्नो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी न्यायाधीशमाथि खनिएका छन् ।

उनले सार्वजनिक मञ्चबाटै न्यायाधीशलाई फटाहा, जनताको नाममा कलंक र घुस खाएर फैसला गरेको जस्ता आक्षेप लगाएका छन् । ३ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय विरुद्ध वाग्ले उच्च अदालत, विराटनगर गए । ५ जेठमा न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दियो ।

२२ जेठमा दुवै पक्षसँग छलफलपछि न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले वाग्लेलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको आदेशलाई निरन्तरता दिएको थियो ।

अदालतको आदेशपछि वाग्ले काममा फर्किएका छन् । खेलकुदमन्त्री भने न्यायाधीशमाथि खनिएका छन् । विराटनगरस्थित शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले स्टेअर्डर दिने न्यायाधीश ‘फटाहा’ र ‘जनताको नाममा कलंक’ भएको दाबी गरे ।

खेलकुद बोर्डको सदस्य सचिवले प्रदेशको नाम ‘कोशी’ नै मेटेर प्रतियोगिता गराएपछि आफूहरुले स्पष्टीकरण सोधेको र त्यसको जवाफ चित्तबुझ्दो नआएपछि हटाएको भए पनि न्यायाधीशले बदनियत राखेर काममा फर्काएको बताए ।

‘मेरो ठाडो भाषामा भन्नसक्छु, बदनियत गरेकै हो न्यायाधीशले’ उनले भने, ‘यो न्यायाधीश फटाहा हो । त्यो न्यायाधीश जनताको नाममा कलंक हो । सदस्य सचिवलाई सरकारले कारबाही गर्दा पैसा लिएर स्टे अडर गर्ने न्यायाधीश खराब हो ।’

उनी त्यतिमा रोकिएनन् । प्रदेश खेलकुद बोर्डको अघिल्ला सदस्य सचिव कृष्ण बस्नेतको मुद्दा अहिलेसम्म हेर्न नभ्याउने न्यायाधीशले हालका सदस्य सचिव हंशराज वाग्लेको विषयमा भने चाँडो स्टे अर्डर दिनु घुस खाएको प्रमाण भएको दाबी गरे ।

‘यहीको कृष्ण बस्नेत (पर्शुराम बस्नेत) भन्ने मान्छेको मुद्दा हेर्न नभ्याउने । फैसला गर्न नमिल्ने न्यायालयका न्यायमूर्तिहरु । अनि त्यही अर्को मुद्दामा फेरि हेर्ने र स्टे अर्डर गर्ने भनेको यो देश पैसाले बिग्रिएको हो, भ्रष्टाचारले बिग्रिएको हो,’ आफू जेल जान पनि तयार रहेको भन्दै खेलकुदमन्त्री भण्डारीले भने ।

उनले अघि भने, ‘नेताले पनि भ्रष्टाचार गर्न पाइन्न, कर्मचारीले पनि भ्रष्टाचार गर्न पाइन्न, न्यायाधीशले पनि भ्रष्टाचार गर्न पाइन्न । यदि गर्ने हो भने न्यायालयबाट नमस्कार गरेर जानुहोस्, विदा हुनुहोस् ।’

 

  • साझा परिवेश
  • आइतवार, असार १०, २०८० १२:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट