March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
अभिनेता हरिवंश आचार्यको गीत युट्युब ट्रेन्डिङमा ‘ह्वाट्सएप’बाट ठगी प्रहरीको नयाँ आईजीपी नियुक्तिको लागि मन्त्रिपरिषद बस्दै प्रधानमन्त्रीको तीन महिने कार्यकाल, १६ मन्त्रालयको भार, दुईपटक विश्वास सुपारी र कुखुराको अवैध आयात रोक्न माग ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु निशेधित क्षेत्र अन्तुमा ट्याक्टर राज , एकराज घिमिरे बिरुद्ध स्थानीयले दिए उजुरी घुस लिएको भिडियो फेला परेपछि पर्साका सहायक वन अधिकृत यादव निलम्वित क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग

एम डि एम एस सिष्टम लागु नहुँदा मोवाईल चोरी बढ्छ ः अध्यक्ष दिनेस

  • साझा परिवेश
  • आइतवार, पुस १७, २०७९ १0:५७
एम डि एम एस सिष्टम लागु नहुँदा मोवाईल चोरी बढ्छ ः अध्यक्ष दिनेस

 

काठमाडौं ।। एम डि एम एस सिष्टम लागु नहुनु भनेको मोवाईल चोरी तस्करीलाई प्रोत्साहन हुने कुरा नेपाल मोवाईल वितरक संघका अध्यक्ष दिनेस चोल्याद्योले वताउनु भएको छ ।
नेपाल मोवाईल वितरक संघको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते देखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एम डि एम एस) पूर्ण रुपमा लागु गर्ने जनाएको थियो । तर प्रधानमन्त्रीको ठाडो निर्देशनमा तत्काल एम डि एम एस लागु गर्नबाट प्रधिकरण पछि हटेको छ । कर छली गरी अवैध रुपमा भित्रिने गरेको मोवाईल सेटलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका र हराएका मोवाईल सेटको ट्रयाकिङ, ब्लकिङ गर्नको लागि एम डि एम एस सिष्टम लागु गर्नु पर्ने प्राधिकरणले जनाएको थियो ।
बैदेशिक रोजगारमा गएकाहरुको व्यापक विरोध पछि सो सिष्टम तत्कालको लागि स्थगत गरिएको जनाइएको छ । यो सिष्टम लागु नहँुदा अरवौंको कर छलि हुने गरेको मोवाईल व्यवशायीहरु बताउछन् ।
नयाँ सरकार गठन हुने वित्तिकै नेपाल मोवाइल व्यवशाययी महासंघले अर्थमन्त्री विष्णु पौडेललाई बधाई दिदैं अघिल्लो कार्यकालमा यहाँले शुरु गर्नु भएको एम डि एम एस लागु गर्ने महत्वपूर्ण निर्णय लिनु भएको थियो यसको कार्यान्वयन मात्र होइन, प्रभावकारी कार्यान्वयनको लागि अनुरोध गर्न चाहन्छौं, जसले गर्दा अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा लिएका छौं भनी अनुरोध गरेको थियो ।
नेपालमा रेमिट्यान्स पठाउने नेपाली नागरिकको हकमा केहि खुकुलो गरेर भए पनि एम डि एम एस लागु गर्नु पर्ने कुरामा नेपाल मोवाइल वितरक संघ र नेपाल मोवाइल व्यवशायी महासंघ एकमत भएका छन् ।

  • साझा परिवेश
  • आइतवार, पुस १७, २०७९ १0:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट