sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अमेरिकाको कोलोराडोमा आफ्नै पसलमा गोली हानी एक नेपालीको हत्या

  • साझा परिवेश
  • शनिबार, पुस २३, २०७९ 0९:३४
अमेरिकाको कोलोराडोमा आफ्नै पसलमा गोली हानी एक नेपालीको हत्या

कोलोराडो। अमेरिकाको कोलोराडोमा एकजना नेपाली व्यवसायीलाई एक लुटेराले गोली हानी हत्या गरेको छ। आफ्नै पसलमा कार्यरत भेषराज लामिछानेको लुटेराले हत्या गरेको हो। हत्यारा अर्को राज्य इण्डियानाबाट पक्राउ परेको छ।

कोलोराडो राज्यको ह्वीट रिजमा खुद्रा पसल संचालन गरेर बसेका लामिछानेलाई बिहीबार राति ८ बजेतिर लुटेराले गोली प्रहार गरेको थियो। समाचारअनुसार, लुटेराले शुरुमा पसलभित्र पसेर चिसो पेय पदार्थ खरिद गरेको थियो।

सो पेय लिएर बाहिर निस्केको लुटेरा एकछिनपछि पुन फर्किएर अकस्मात् गोली प्रहार गरेको थियो। गोली प्रहारपछि बाहिर पार्किङमा राखेको लामिछानेको गाडी लिएर भागेको थियो। लामिछानेको पसलमा कुनै चालचुल नभएकोपछि एकजना व्यक्तिले प्रहरीलाई खवर गरेको थियो।

हत्यामा संलग्न व्यक्ति र उनले प्रयाेग गरेकाे सवारी साधन

प्रहरी पुग्दा झण्डै ९ बजेको थियो। तनहुँ दमौली स्थायी घर भई सपरिवार कोलोराडो बस्दै आएका ५३ बर्षीय लामिछानेका श्रीमती, ३ छोरीका र एक छोरा छन्।

गाडी चोरेर भाग्ने क्रममा २०१५ मा बनेको निशान पाथ फाइण्डर गाडी दुर्घटनामा पर्दा इण्डियानामा शुक्रबार विहान साढे १० बजेतिर लुटेरा पक्राउ परेको हो। सडकमा धेरै स्पीडमा गाडी चलाएपछि इण्डियना प्रहरीले सो गाडीको पिछा गरेको थियो।

प्रहरीले पिछा गरेको थाहा पाएपछि झन् स्पीड बढाएको हत्यारा गाडी अनियन्त्रित भई दुर्घटनामा परेपछि पक्राउ परेको हो। हत्या गरेर भागेको सो लुटेराको नाम शनाथन डिनगेलो चान्स रहेको र उसको उमेर २६ बर्षको भएको इण्डियाना पक्राउको पक्राउ विवरणमा उल्लेख छ।

हत्यारा नर्थ क्यारिलिनाबासी भएको प्रहरीको विवरणमा उल्लेख छ।कोलोराडोको नेपाली समुदाय यो घटनापछि शोकमा डुबेको छ। नेपालीहरुको संस्था नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकालका अनुसार, यसअघि यसरी गोली प्रहार गरी नेपालीको हत्या भएको थिएन त्यसैले नेपाली समुदायका लागि यो पहिलो पीडादायी घटना हो।

पीडितको अन्तिम संस्कार र परिवारका लागि भनेर नेपाली संस्थाहरुले गो फण्ड खोलेका छन्। अध्यक्ष ढकालले विपतको समयमा पीडित परिवारलाई सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन्। https://www.dcnepal.com/

  • साझा परिवेश
  • शनिबार, पुस २३, २०७९ 0९:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid