April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

साउन १ देखी हवाई टिकटमा भ्याट लाग्ने

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० १२:२३
साउन १ देखी हवाई टिकटमा भ्याट लाग्ने
  • हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयन
  • १ साउनबाट भ्याट अनिवार्य
  • साउन १ अगाडी काटिएका टिकटमा भने भ्याट नलाग्ने

 काठमाडौं ।।

सरकारले चालु आर्थिक वर्ष २०८०-८१ बाट हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा ल्याएको छ । १५ जेठमा आएको आर्थिक विधेयकले हवाई सेवामा भ्याट लगाएपछि त्यसको ३० दिन अर्थात् १२ असारभित्र कम्पनीहरु भ्याटमा दर्ता भइसक्नुपर्ने थियो ।

तर, हवाई सेवामा भ्याट नयाँ भएको र दर्ता प्रक्रियामा अलमल भएकाले १ साउनबाट यस क्षेत्रमा भ्याट अनिवार्य भएको आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

त्यसअनुसार १ साउनबाट टिकट काट्दा अनिवार्य भ्याट तिर्नुपर्ने तर त्यसअघि काटिएका टिकटमा भने भ्याट नलाग्ने मैनालीले जानकारी दिए । मूल्य अभिवृद्धि कर लागु हुनुभन्दा पहिला काटिएको हवाई टिकटमा लागू भएपछि यात्रा गर्दा पनि भ्याट असुल गरिने छैन । यद्यपि यस्तो यात्राको विवरण भने वायुसेवा कम्पनीहरुले आन्तरिक राजस्व विभाग मातहतका कर कार्यालयमा गराउनु पर्ने भएको छ ।

बिक्री भएको हवाई टिकट रद्द भई यात्रुले फिर्ता पाउने अवस्थामा बिक्री फिर्ताको हिसाब देखाएर मिलान गर्न सकिनेसमेत विभागले जनाएको छ । भ्याट कार्यान्वयनपछि अधिकतम् ६ प्रतिशतसम्म भाडा महंगो हुने वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

विभागका अनुसार मूल्य अभिवृद्धि कर लाग्ने भएको वा कर लाग्ने कारोबारको सीमा २० लाख रुपैयाँ नाघेको हकमा ३० दिन भित्र कारोबार दर्ता गरी कर संकलन सुरु गर्नुपर्ने प्रावधान छ ।

विभागले ११ असारमै सूचना प्रकाशित गरी यसबारे वायुसेवा कम्पनीलाई जानकारी गराएको थियो । यसका लागि हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि करमा दर्ता हुन दरखास्त दिनुपर्छ । विदेशी हवाई यातायात सेवा प्रदायक समेत अब भ्याटमा दर्ता हुनु पर्नेछ । उनीहरुले सम्बन्धित निकायबाट जारी भएको सञ्चालन अनुमति पत्रको प्रतिलिपी समेत संलग्न गर्नुपर्ने विभागले जनाएको छ ।

दर्ता हुँदाका बखत मौज्दातमा रहेको कर लाग्ने कारोबारमा प्रयोग हुने वस्तुमा तिरेको कर वा तिर्नुपर्ने कर दर्ता हुनु भन्दा एक वर्ष अघिसम्मको कर कट्टी गर्न पाउने समेत विभागले जनाएको छ । यस्तो कर कट्टी दाबी गर्न दर्ता भएको १५ दिनभित्र निवेदन दिनुपर्छ ।

विभागका अनुसार हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि कर (मूअक) बाहेकको कर लाग्ने मूल्यमा बीजक जारी गर्नुपर्ने भएको छ । ट्राभल एजेन्सीले खरीद गरेको टिकटमा आफ्नो मुनाफा वा कमिसन जोडी हुन आउने मूल्यमा मूअक जारी गर्नुपर्ने भएको छ । हवाई सेवा प्रदायकले उपभोक्ता मूल्यमा टिकट जारी गरेको अवस्थामा समेत ट्राभल एजेन्सीले समेत सोही मूल्यमा बीजक जारी गर्नुपर्ने विभागको भनाइ छ । आन्तरिक हवाई सेवा प्रदायकले प्रदान गर्ने सेवाको हवाई टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात सेवाको हकमा नेपालबाट प्रस्थान गर्ने यात्रुको टिकटमा उल्लेखित गन्तव्यसम्मको मात्र टिकटमा भ्याट लाग्ने भ्एको छ । यस्तो उडानको टिकट नेपाल भित्र वा नेपाल बाहिर जहाँबाट जुनसुकै माध्यम (अनलाइन) बाट जारी गरेको वा खरीद गरेको भए पनि एयरलाइन्सले भ्याट लगाउनु पर्ने समेत विभागले स्पष्ट पारेको छ ।

दुबै तर्फको टिकट जारी गर्दा भने विदेशबाट नेपाल आउँदाको हवाई टिकटमा मूअक संकलन गर्नु नपर्ने विभागको भनाइ छ ।

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० १२:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।