sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

साउन १ देखी हवाई टिकटमा भ्याट लाग्ने

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० १२:२३
साउन १ देखी हवाई टिकटमा भ्याट लाग्ने
  • हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयन
  • १ साउनबाट भ्याट अनिवार्य
  • साउन १ अगाडी काटिएका टिकटमा भने भ्याट नलाग्ने

 काठमाडौं ।।

सरकारले चालु आर्थिक वर्ष २०८०-८१ बाट हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा ल्याएको छ । १५ जेठमा आएको आर्थिक विधेयकले हवाई सेवामा भ्याट लगाएपछि त्यसको ३० दिन अर्थात् १२ असारभित्र कम्पनीहरु भ्याटमा दर्ता भइसक्नुपर्ने थियो ।

तर, हवाई सेवामा भ्याट नयाँ भएको र दर्ता प्रक्रियामा अलमल भएकाले १ साउनबाट यस क्षेत्रमा भ्याट अनिवार्य भएको आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

त्यसअनुसार १ साउनबाट टिकट काट्दा अनिवार्य भ्याट तिर्नुपर्ने तर त्यसअघि काटिएका टिकटमा भने भ्याट नलाग्ने मैनालीले जानकारी दिए । मूल्य अभिवृद्धि कर लागु हुनुभन्दा पहिला काटिएको हवाई टिकटमा लागू भएपछि यात्रा गर्दा पनि भ्याट असुल गरिने छैन । यद्यपि यस्तो यात्राको विवरण भने वायुसेवा कम्पनीहरुले आन्तरिक राजस्व विभाग मातहतका कर कार्यालयमा गराउनु पर्ने भएको छ ।

बिक्री भएको हवाई टिकट रद्द भई यात्रुले फिर्ता पाउने अवस्थामा बिक्री फिर्ताको हिसाब देखाएर मिलान गर्न सकिनेसमेत विभागले जनाएको छ । भ्याट कार्यान्वयनपछि अधिकतम् ६ प्रतिशतसम्म भाडा महंगो हुने वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

विभागका अनुसार मूल्य अभिवृद्धि कर लाग्ने भएको वा कर लाग्ने कारोबारको सीमा २० लाख रुपैयाँ नाघेको हकमा ३० दिन भित्र कारोबार दर्ता गरी कर संकलन सुरु गर्नुपर्ने प्रावधान छ ।

विभागले ११ असारमै सूचना प्रकाशित गरी यसबारे वायुसेवा कम्पनीलाई जानकारी गराएको थियो । यसका लागि हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि करमा दर्ता हुन दरखास्त दिनुपर्छ । विदेशी हवाई यातायात सेवा प्रदायक समेत अब भ्याटमा दर्ता हुनु पर्नेछ । उनीहरुले सम्बन्धित निकायबाट जारी भएको सञ्चालन अनुमति पत्रको प्रतिलिपी समेत संलग्न गर्नुपर्ने विभागले जनाएको छ ।

दर्ता हुँदाका बखत मौज्दातमा रहेको कर लाग्ने कारोबारमा प्रयोग हुने वस्तुमा तिरेको कर वा तिर्नुपर्ने कर दर्ता हुनु भन्दा एक वर्ष अघिसम्मको कर कट्टी गर्न पाउने समेत विभागले जनाएको छ । यस्तो कर कट्टी दाबी गर्न दर्ता भएको १५ दिनभित्र निवेदन दिनुपर्छ ।

विभागका अनुसार हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि कर (मूअक) बाहेकको कर लाग्ने मूल्यमा बीजक जारी गर्नुपर्ने भएको छ । ट्राभल एजेन्सीले खरीद गरेको टिकटमा आफ्नो मुनाफा वा कमिसन जोडी हुन आउने मूल्यमा मूअक जारी गर्नुपर्ने भएको छ । हवाई सेवा प्रदायकले उपभोक्ता मूल्यमा टिकट जारी गरेको अवस्थामा समेत ट्राभल एजेन्सीले समेत सोही मूल्यमा बीजक जारी गर्नुपर्ने विभागको भनाइ छ । आन्तरिक हवाई सेवा प्रदायकले प्रदान गर्ने सेवाको हवाई टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात सेवाको हकमा नेपालबाट प्रस्थान गर्ने यात्रुको टिकटमा उल्लेखित गन्तव्यसम्मको मात्र टिकटमा भ्याट लाग्ने भ्एको छ । यस्तो उडानको टिकट नेपाल भित्र वा नेपाल बाहिर जहाँबाट जुनसुकै माध्यम (अनलाइन) बाट जारी गरेको वा खरीद गरेको भए पनि एयरलाइन्सले भ्याट लगाउनु पर्ने समेत विभागले स्पष्ट पारेको छ ।

दुबै तर्फको टिकट जारी गर्दा भने विदेशबाट नेपाल आउँदाको हवाई टिकटमा मूअक संकलन गर्नु नपर्ने विभागको भनाइ छ ।

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० १२:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid