गंगाराम मण्डल इनरुवा,
सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ९ बबियाको मुसहरीका विपन्न र एकल महिला तथा जेष्ठनागरिकलाई कम्बल वितरण गरेको छ । सितलहर र जाडोबाट अति प्रभावित अतिविपन्न २७ मुसहर परिवारलाई कम्बल प्रदान गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अतिविपन्न मुसहर परिवारलाई कम्बल प्रदान गर्नुभएको हो । शुक्रबार इनरुवा नगरपालिका ९ बबियाको प्रभावित मुसहरीका विपन्न र एकल महिला तथा जेष्ठनागरिकलाई घरघरमै पुगेर कम्बल वितरण गर्नुभएको छ । प्रजिअ यादवले २७ जना विपन्न परिवारलाई ३० वटा कम्बल प्रदान गर्नुभएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ ।
शीतलहरले जनजीवन प्रभावित भएपछि अति कष्टकर जीवन बाँचिरहेका र केहीले बोरा ओडेर समेत रात कटाईरहेको सूचना आएको अधारमा इनरुवा नगरपालिका–९ का अतिविपन्न २७ जनालाई एक÷दुई वटा कम्बल प्रदान गरिएको जानकारी प्रकाशान कार्याले दिएको छ ।