पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा राष्ट्रिय ट्रमा सेन्टरका एक चिकित्सक दम्पती पनि परेको खुलेको छ ।विमान दुर्घटनामा ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उनकी श्रीमती डा. सोना दिवाकर र छोरी पनि परेको पुष्टि भएको छ । दम्पती स्थायी घर पोखरा जाँदै थिए ।विमान दुर्घटनामा परेका ७२ जनामध्ये हालसम्म ३५ जनाको शव निकालिएको छ भने तीन जनाको जीवितै उद्धार भएको प्रहरीले जनाएको छ ।