July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै, क–कस्ले दिँदैछ मत ?

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ 0९:२४
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै, क–कस्ले दिँदैछ मत ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सोमबार संसदबाट विश्वासको मत लिने छन् । यस अघि अभूतपूर्व विश्वासको मत पाएका प्रचण्डले तेश्रो कार्यकालको तीन महिनामै दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आइपरेकाले सोमबार पुनः उनले विश्वासको मत लिन लागेका हुन् । सोमबार प्रचण्डलाई क–कसले दिँदैछ त विश्वासको मत रु कति विश्वासको मत पाउँलान् प्रचण्डले रु

पुष १० गते एमालेसहितका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले संसदबाट फेरि विश्वासको मत लिने भएका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी लगायत दलहरुले विश्वासको मत दिनेछन् ।

संसदमा कांग्रेससहितका साना दलहरु सत्ता पक्षको बञ्चमा पुगेका छन् । तर, प्रचण्डलाई प्रधानमन्त्री बनाउन कसरत गर्ने एमाले भने प्रतिपक्षमा पुगेको छ ।

माओवादी केन्द्र र प्रचण्डलाई प्रधानमन्त्री मात्रै नभई संवैधानिक रुपमा ठुला पद दिन आनाकानी गरेपछि सत्ताबाट प्रतिपक्षी दल बनेको कांग्रेसले विश्वासको मतपछि सत्तामा पुनरागमन गरेको छ ।

कांग्रेस कार्यसम्पादन समितिको बैठकले निर्णय नै गरेर प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

कांग्रेससँगै रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा सांसद पदसहित मन्त्री लगायततका पद गुमाएपछि फेरि गृहमन्त्रालयमा फर्किन चाहेका थिए तर, प्रचण्डले त्यसलाई अस्वीकार गरेपछि सरकारबाट बाहिरिएको रास्वपाले विश्वासको मत भने कायमै राखेको थियो । तर, सोमबार प्रचण्डले फेरि विश्वासको मत लिने भएपछि रास्वपाले पनि विश्वासको मत दिने भएको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने र विश्वासको मत दिने निर्णय गरेको छ ।

यस्तै, विश्वासको मत दिएपनि प्रतिपक्षमा बस्न मिल्ने भन्दै नेकपा एसका अध्यक्ष माधव नेपालले प्रचण्डलाई विश्वासको मत दिन सबैलाई आग्रह गरेका छन् ।

विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले आफूलाफ सतप्रतिशत सांसदले मत दिने अपेक्षा गरेका छन् ।

सत्ता समिकरणमा फेरबदल गरेका प्रचण्डलाई कांग्रेसले विश्वासको मतका लागि ह्वीप नै लागू गरेको छ । यस पहिले अहिलेसम्मकै बढी विश्वासको मत पाएका प्रचण्डले यस पटक भने त्यति ठुलो संख्यामा विश्वासको मत पाउने भने देखिन्न् ।

विश्वासको मत भने सजिलै पाउन सक्ने अवस्थामा छन् उनी । यद्यपी विश्वासको मत पाएपनि उनलाई सरकार विस्तार र भागबण्डामा भने सकस नै देखिन्छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ 0९:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्