sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशी अस्पतालले मृत घोषित गरेको नवजात शिशु घर पुर्याउदा शास फेरेपछि..

  • साझा परिवेश
  • बुधबार, माघ ४, २०७९ १९:१५
कोशी अस्पतालले मृत घोषित गरेको नवजात शिशु घर पुर्याउदा शास फेरेपछि..


काठमाडौं । १८ दिनका शिशुले आमाको दूध नखाएपछि अचानक स्वासप्रश्वासमा समस्या देखिन्छ । उपचारका लागि कोशी अस्पतालको आकस्मिक कक्षमा लगिन्छ । । ड्युटीमा रहेका मेडिकल अफिसर डा. आकाश यादवसहितको टोलि बच्चाको उपचारमा लाग्छ । अकस्मिक कक्षमा नवजात शिशुलाई स्वास्थ्य जाँच गरिन्छ र केही क्षणमा चेकजाँच पछि डा. आकाश यादवले भन्छन ‘छोरीको सास छैन । घर लैजानु ।’
यो सुनिसक्दा बिराटनगरकी बच्चाकी आमा उमादेवी मुखियालाई आफन्तको रुवाबासी चल्छ । पुस १७ गते जन्मिएकी छोरी मृत घोष्णाले परिवार शोकमा डुब्यो अस्पताल बाट घर अन्त्येष्टिका लागि भन्दै माइती घर लिएर गए । तर घर पुगेपछि आफन्तले हेर्दा शिशुले सास फेरिन् । हात खुट्टा पनि चलाएपछि हतार हतार एम्बुलेन्स बोलाएर कोशी अस्पताल नजिकै रहेको गोल्डेन अस्पताल भर्ना गरे ।
यसरी जिवित शिशुलाई मृत घोष्णा गरेर जिवन माथि खेलबाड गर्ने कोशी अस्पतला प्रशासन र डाक्टरको चरित्र उदागो भएको छ ।
बुधबार बिहान भर्ना गरिएकी शिशुको एनआईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । कम तौलको शिशुमा शारीरिक कमजोरी, संक्रमण र चिसोका कारण समस्या भएको हुनसक्ने गोल्डेन अस्पतालका चिकित्सक डाक्टर सतिश यादवले जानकारी दिएका छन् । उमादेवीका अनुसार छोरीले दूध नखाएपछि बिहान कोशी अस्पताल लगिएको थियो । अस्पतालमा शिशुलाई तीन जनाले जाँच गरेका थिए । चिकित्सकले लापरबाही गरी आफ्नो बच्चालाई जिउँदै हुँदा मृत घोषित गरेको उनले आरोप लगाइन् ।
चिकित्सकमाथि हातपात
मृत घोषित गरेको शिशुले सास फेरेपछि गोल्डेन अस्पताल भर्ना गरेका शिशुका आफन्तले कोशी अस्पतालमा गएर चिकित्सकमाथि हातपात गरेका छन् ।
शिशुको उपचारमा कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा.आकाश यादवको नेतृत्वमा तीन जना स्वास्थ्यकर्मी खटिएका थिए । शिशुका आफन्तले हातपात गर्दा उनी सामान्य घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।
जिउँदै बच्चालाई मृत घोषित गरेको भन्दै हातपातमा उत्रिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

कोशी अस्पताल विराटनगरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले हातपात गर्नेहरुले माफी मागेपछि मिलापत्र भएको बताए । उनले शिशुलाई मृत घोषित गरेको विषयमा चिकित्सकमाथि सोधपुछ गरिएको बताए ।
सञ्चारकर्मीमाथि दुर्व्यवहार
जिउँदो शिशुलाई अस्पतालले मृत घोषित गरेको विषया रिपोर्टिङका लागि पुगेका पत्रकारले आफूमाथि कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. लक्ष्मीनारायण यादवले दुर्व्यवहार गरेको बताएका छन् । रिपोर्टिङका लागि पुगेका स्थानीय पत्रकार सोनुकुमार दासले आफूमाथि दुर्व्यवहार भएको बताएका हुन् । बुधबार बिहान मेसु यादवले आफ्नै कार्यकक्षमा दुर्व्यवहार गरेको उनले बताए । शिशुको उपचारको विषयमा प्रश्न गर्दा आफूलाई ठेलेर कार्यालयबाट बाहिर निकालेको उनले बताए । पछि मेसु यादवले उनीसँग माफी मागेका थिए ।
मान्छे को जिवन् संग खेलवाड गर्ने डाक्टर लाई कडा भन्दा कडा कारवाही हुन्छ कि हुदैन स्वास्थ्य मन्त्री ज्यू । हिजै मात्र जिम्मेवारी पाए पछि निक्लै फुरकेउलि शैलीमा प्रस्तुत हुदै उपचार नपाएर कोही मर्नु पदैन भन्ने माननिय स्वास्थ्य तथा राज्यमन्त्री तोसिमा कार्की ज्यू त यहाँ त जीउँदै लाई मारिसके तपाइको भूमिका के ? चरम लापरबाही पराकाष्ठा । गृहमन्त्री , स्वास्थ मन्त्री ज्यु निमुखा जनता जिउदै मार्ने खेल कहिले सम्म ?

  • साझा परिवेश
  • बुधबार, माघ ४, २०७९ १९:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid