sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जनक शिक्षा सामग्री केन्द्रमा भएको अनियमितता छानबिन गर्न माग

  • साझा परिवेश
  • बिहिबार, माघ ५, २०७९ 0९:३२
जनक शिक्षा सामग्री केन्द्रमा भएको अनियमितता छानबिन गर्न माग
twitter sharing button
महाप्रवन्धक झालाई तत्काल पक्राउ गरी जनक शिक्षा सामग्री केन्द्रमा भएको अनियमितता छानबिन गर्न माग

काठमाडौं, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा ड्यामेज कागज कवाडीमा बेचेर चरम भ्रष्टाचार गर्न खोजिएको पत्रकार तथा अधिकारकर्मीहरुको आरोप छ ।

उनीहरुका अनुसार गत पुष २७ गते करिव एक लाख ५३ हजार केजी कागज भएका १३ वटा कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ ।

ड्यामेज कागज कवाडीमा जनकपुर पठाउने भन्दै बाहिर ल्याउने र मनोहरा खोलाको आसपासमा कन्टेनर केही दिन राखेर पछि सोही कागज जनक शिक्षाको गोदाममा ल्याउने कार्य गरेको पाइएसँगै प्रहरीले १३ वटा कन्टेनर अहिले नियन्त्रणमा लिएको पनि उनीहरुको खुलासा छ ।

जनक शिक्षाको भ्रष्टाचारलाई बाहिर ल्याउन अहोरात्र खटिएका पत्रकारहरु कुश्लव केसी, सन्दीप रेग्मी र अधिवक्ता यज्ञमणी न्यौपानेको टिमले घटना भएको भोलिपल्ट अख्तियार दुरूपयोग अनुसन्धान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरीसमेत दिएका छन् ।

तर, उजुरी दिएको आठ दिन वितिसक्दा पनि अनुसन्धानको प्रक्रिया अगाडि नबढेपछि उनीहरुले आज ९बुधबार० रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

जनक शिक्षामा ठूलो घोटला हुँदैछ भन्ने गोप्य सूचना भित्रबाटै जानकारीमा आएको कुश्लवले बताए । जनक शिक्षाको भ्रष्टाचार बाहिरबाट हेर्दा सामान्यजस्तो लागेपनि यसमा लाखौं बालबालिकाको भविष्य जोडिएकोले आफूहरुले उक्त विषय सार्वजनिन गरेको उनको स्पष्टोक्ति थियो ।

त्यसैगरी कार्यक्रमका अर्का वक्ता सन्दीप रेग्मीले सरकारले अनुसन्धानमा आलटाल गरेर भ्रष्टाचारमा मुछिएकाहरुलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए ।

आफूहरुको आशंका जनक शिक्षाका पदाधिकारीहरुमाथि रहेको र अख्तियारले शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालयले अख्तियारलाई एक–अर्कालाई देखाउँदै अनुसन्धान गर्न आलटाल गरिरहेको उनको आरोप छ ।

‘हामीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा पनि उजुरी दर्ता गराएका छौं ।

र समस्या के छ भने अख्तियारले जनक शिक्षा चाहीँ शिक्षा मन्त्रालय मातहतको कार्यालय हो । शिक्षा मन्त्रालयको प्रतिवेदन कुर्नुपर्छ भन्छ ।

शिक्षा मन्त्रालयबाट यो काम अख्तियारको हो भनेर भ्रष्टाचारमा जोडिएका व्यक्तिलाई उन्मुक्ति दिन खोजिएको छ,’उनले भने ।

त्यसैगरी, अधिवक्ता यज्ञमणी न्यौपानेले आफूहरुले भ्रष्टाचारको सूचना दिएको आज आठ दिन भइसक्दा पनि राज्यले यसबारेमा कुनै चासो नदेखाएको गुनासो पोखे । उक्त विषयलाई यथास्थितिमा राख्न खोज्नुमा गम्भीर आशंका पैदा भएको उनको टिप्पणी थियो ।

जनक शिक्षाका महाप्रवन्धक अनिल कुमार झा, खरिद प्रमुख र स्टोर प्रमुखलाई तत्काल पक्राउ गरेर अनुसन्धान प्रकृया अगाडि बढाउन पनि उनले सरकारसमक्ष आग्रह गरे ।

‘यी कन्टेनर र यसमा संलग्न व्यक्ति, जनक शिक्षा सामाग्रीका जिएम अनिलकुमार झासहितका खरिद प्रमुखलाई पक्राउ किन नगरिएको रु कि अख्तियारले भन्नुपर्यो यसमा हाम्रो पनि संलग्नता छ भनेर, होईन भने उनीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ उनले भने ।

साथै, अख्तियारले आफ्नो क्षेत्राधिकार शिक्षा मन्त्रालयमा बुझाउन नमिल्ने उनको तर्क छ । ‘अख्तियारले जनक शिक्षा सामाग्रीलाई कारबाही नगर्नुको कारण के ? अख्तियारका प्रमुख र जनक शिक्षाका प्रमुख एउटै पद्धतीबाट नियुक्ति भएको र कारबाहीको प्रक्रिया अगाडि नबढाईएको भन्ने कुरा बाहिर आएको छ,’ उनले भने ।

पत्रकार सम्मेलन भने निशा कार्कीले सञ्चालन गरेकी थिईन् ।

  • साझा परिवेश
  • बिहिबार, माघ ५, २०७९ 0९:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid